२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बन्यजन्तुको चोरी शिकार गर्ने ७ जना हतियार सहित प्रक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

पुस १० जिल्ला प्रहरी कार्यलय बाजुराले बन्यजन्तुको चोरी शिकार गर्ने ७ जनालाई हतियारसहित पक्राउ गरेको छ।
उनीहरुलाई बुढिनन्दा नगरपालिकाको पाण्डुसेनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरि प्रमुख डिएसपी उद्धब सिं भाटले बताए।
पक्राउ पर्ने बुढिन्नदा नगरपालिका ८ का ५९ वर्षीय आईत बोहरा, ३१ बर्षका बल बहादुर बोहरा, २५ बर्षका मनिचन्द्र बोहरा, ४० बर्षका कबिन्द्र बोहरा, ३२ बर्षका दल कामी, १९ का पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ बर्षका पृथ्वीबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।
उनीहरुबाट ४ थान भरुवा बन्दुक बरामत गरेको छ। बल बहादुर बोहरा, दले कामि, कबिन्द्र बोहरा र मनिचन्द्र बोहराबाट एक एक थान भरुवा बन्दुक बरामत गरेको डिएसपी उद्धब सिं भाटले जानकारी दिए।
साथै प्रहरीले कबिन्द्र बोहराको घरबाट अवैध रुपमा बन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छाला बरामत गरेको छ । जंगली जनवार थारा, घोरल, रतुवाको छाला ५ थान फेला पारेको छ।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर छानबिन शुरु गरेको छ। पक्राउ परेका ७ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धि कसुर मुद्धा दर्ता गरि कानुनी कार्वाही अगाडी बढाएको छ। उक्क्त कानुनमा ५ बर्ष सम्म कैद र ५० हजार जरिवानाको ब्यबस्था रहेको छ।
हिमाली भेगमा हिमँपात सँगै चोरी शिकार बढेपछि प्रहरीले सक्रियता बढाएको छ। प्रहरी प्रमुख भाटका अनुसार प्रहरीको गस्ती बढाएको र सम्भाबित क्षेत्रमा सर्च गर्ने गरेको छ।
हिमाली भेगमा हिमँपातको समयमा चोरि शिकारी हुने गरेको छ। हिमँपात भएपछि तल्लो भेगमा बन्यजन्तु झर्ने, चिसोमा बढि मात्रामा बन्यजन्तुलाइ बन्दुक, पासो र कुकुरको प्रयोग गरेर मार्न गरेको पाईएको छ।
शिकार गर्न हिमँपातका बेला सजिलो हुने भएको र चोरी शिकारी हुने गुनासो आएपछि प्रहरीले हिमाली क्षेत्रमा गस्ति बढाएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराले बडिमालिका, बुढिन्नदा, दहकोट, मनाकोट र हिमाली गाँउपालिकाका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको छ।
धेरै जसो गाविसमाबन्दुक, भाला, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुर सहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डांफे, कालिच लगायत पंछिहरुको समुहमा शिकार गर्ने गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!