२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बन्यजन्तुको चोरी शिकार गर्ने ७ जना हतियार सहित प्रक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

पुस १० जिल्ला प्रहरी कार्यलय बाजुराले बन्यजन्तुको चोरी शिकार गर्ने ७ जनालाई हतियारसहित पक्राउ गरेको छ।
उनीहरुलाई बुढिनन्दा नगरपालिकाको पाण्डुसेनबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरि प्रमुख डिएसपी उद्धब सिं भाटले बताए।
पक्राउ पर्ने बुढिन्नदा नगरपालिका ८ का ५९ वर्षीय आईत बोहरा, ३१ बर्षका बल बहादुर बोहरा, २५ बर्षका मनिचन्द्र बोहरा, ४० बर्षका कबिन्द्र बोहरा, ३२ बर्षका दल कामी, १९ का पृथ्वी बोहरा र वडा नम्बर १० का ४८ बर्षका पृथ्वीबहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ।
उनीहरुबाट ४ थान भरुवा बन्दुक बरामत गरेको छ। बल बहादुर बोहरा, दले कामि, कबिन्द्र बोहरा र मनिचन्द्र बोहराबाट एक एक थान भरुवा बन्दुक बरामत गरेको डिएसपी उद्धब सिं भाटले जानकारी दिए।
साथै प्रहरीले कबिन्द्र बोहराको घरबाट अवैध रुपमा बन्यजन्तुको शिकार गरी राखेको जंगली जनावरको छाला बरामत गरेको छ । जंगली जनवार थारा, घोरल, रतुवाको छाला ५ थान फेला पारेको छ।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यलयको हिरासतमा राखेर छानबिन शुरु गरेको छ। पक्राउ परेका ७ जनालाई मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १ सय ३२ बमोजिम हातहतियार खरखरजना सम्बन्धि कसुर मुद्धा दर्ता गरि कानुनी कार्वाही अगाडी बढाएको छ। उक्क्त कानुनमा ५ बर्ष सम्म कैद र ५० हजार जरिवानाको ब्यबस्था रहेको छ।
हिमाली भेगमा हिमँपात सँगै चोरी शिकार बढेपछि प्रहरीले सक्रियता बढाएको छ। प्रहरी प्रमुख भाटका अनुसार प्रहरीको गस्ती बढाएको र सम्भाबित क्षेत्रमा सर्च गर्ने गरेको छ।
हिमाली भेगमा हिमँपातको समयमा चोरि शिकारी हुने गरेको छ। हिमँपात भएपछि तल्लो भेगमा बन्यजन्तु झर्ने, चिसोमा बढि मात्रामा बन्यजन्तुलाइ बन्दुक, पासो र कुकुरको प्रयोग गरेर मार्न गरेको पाईएको छ।
शिकार गर्न हिमँपातका बेला सजिलो हुने भएको र चोरी शिकारी हुने गुनासो आएपछि प्रहरीले हिमाली क्षेत्रमा गस्ति बढाएको छ। जिल्ला प्रहरी कार्यलय बाजुराले बडिमालिका, बुढिन्नदा, दहकोट, मनाकोट र हिमाली गाँउपालिकाका हिमाली क्षेत्रमा प्रहरी गस्ती बढाएको छ।
धेरै जसो गाविसमाबन्दुक, भाला, हंसिया, लाठी लगायत घरेलु हतियार र शिकारी कुकुर सहित मानिसहरु रतुवा, घोरल, झारल, थारल, बंदेल लगायत जंगली जनावर र डांफे, कालिच लगायत पंछिहरुको समुहमा शिकार गर्ने गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]