०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

नेपाल प्रहरी मुख्यालयद्वारा एसएसपी हरुको सरुवा तयारी

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस १५ नेपाल प्रहरीको महानिरीक्षक सर्वेन्द्र खानलालले आफू जाँदा जादै प्रहरी अधिकृतको जिम्मेवार हेरफेरका लागि लागेका छन् । उनले केही समयअघि एसपीको सरुवा गरेका थिए । नेपाल प्रहरीभित्र अहिले सरुवा गर्ने कुरा हलचल नै ल्याएको छ । यसरी सरुवा हुन चाहनेहरुले विभिन्न शक्तिकेन्द्र धाउन थालेको विषयले प्रहरी मुख्यालय तताएको छ ।
यसैबिच गृहमन्त्रालयले नेपाल प्रहरीका केही प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको जिम्मेवारी परिवर्तनको तयारी थालेको छ । प्रहरी महानिरीक्षक (आइजीपी) खनालको सिफारिसमा गृहमन्त्रालयले केहिदिनमै एसएसपीहरुको सरुवा गर्ने तयारी थालेको उच्च स्रोतले जानकारी दियो ।
उच्च स्रोतका अनुसार काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले आफुलाई काम गर्न असजिलो भएको भन्दै सरुवा मागेका छन् । सुवेदीले आफ्नो सरुवा गरिदिन भन्दै गृहमन्त्रालयका केही उच्च अधिकारीलाई गुनासो गरेपछि एसएसपी सरुवाको गृहकार्य शुरु भएको हो ।
एसएसपी सुवेदीसंगै महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापा समेत अबको करिब दुई महिनामा डीआईजीमा बढुवा हुने भएकोले महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको नेतृत्व परिवर्तनको लागि गृहकार्य भईरहेको उच्च स्रोतले जानकारी दिएको छ ।
प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी दीपक थापा र महानगरीय अपराध महाशाखाको प्रमुखमा एसएसपी उमेशराज जोशीलाई पठाउने तयारी गरेका छन् । एसएसपी थापा अहिले प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन महाशाखाको प्रमुख छन् भने एसएसपी जोशी प्रहरी महानिरीक्षकको सचिवालयमा नेपाल प्रहरीको सह-प्रवक्ताको जिम्मेवारीमा छन् । थापा र जोशी दुबैजना व्यावसायिक प्रहरी अधिकृतको रुपमा परिचित छन् ।
एसएसपी भोजजंग शाहले अवकाश पाएपछी संघीय प्रहरी इकाई कार्यालय बागमती (काभ्रे) र बिभुतीराज पाण्डेले अवकाश पाएपछि प्रहरी प्रधान कार्यालयको युएन महाशाखा पनि नेतृत्वबिहिन छ । उता व्यावसायिक आचारसंहिता बिपरित काम गरेको उजुरी परेपछि संघीय प्रहरी इकाई कार्यालय गण्डकी (पोखरा) कि एसएसपी पुजा सिंह र संघीय प्रहरी इकाई कार्यालय धरानका एसएसपी शौरभ राणालाई जिम्मेवारीबाट हटाउने बिषयमा गृह मन्त्रालयमा छलफल भएको बुझिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को नेतृत्वमा पठाउने डीआईजी नपाएपछि एकबर्षे कार्यकाल पूरा गरिसकेर पनि डीआईजी निरज शाहीको सरुवा हुन सकेको छैन ।
डीआईजी नपाएपछी सिनियर एसएसपी मध्येबाट एकजनालाई निमित्त इन्चार्जको जिम्मेवारी दिएर सीआईबी पठाउने तयारी थालिएको छ । त्यसो हुँदा सीआईबीमा कार्यरत एसएसपी रामदत्त जोशीलाई त्यहाँबाट हटाएर अन्य कार्यालयमा पठाउने बिषयमा समेत छलफल भएको प्रहरी प्रधान कार्यालय स्रोतको दावी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ। नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) दीपक थापा भदौ १८ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जाने भएपछि प्रहरी संगठनले दुई साताभित्र नयाँ प्रमुख पाउने भएको छ। त्यसपछिको नेतृत्वका लागि अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ सबैभन्दा बलियो उम्मेदवारका रूपमा देखिएका छन्। एउटै विज्ञापनबाट तेस्रो आईजीपी नेपाल प्रहरीले सामान्यतया एउटै विज्ञापनबाट भर्ना भएका टोलीमध्ये […]

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

error: Content is protected !!