२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

पेस्तोल देखाएर धम्क्याएर पैसा असुल्ने दाङबाट पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १७, २०७६

सागर थापा
दाङ पुस १७ धम्की दिँदै रकम असुल्ने रोल्पाका राजकुमार दमाईलाई दाङ प्रहरीले पेस्तोलसहित पक्राउ गरेको छ। रोल्पाको परिर्वतन गाउँपालिका–५ राङकोटका ३५ बर्षीय दमाईले एकसाता अघि घोराही उपमहानगरपालिका–१५ विपि चोक बस्ने ४८ बर्षका एक ब्यक्तिलाई धम्क्याई १३ लाख रुपैयाँ मागेका थिए।
उजुरी परेपछि प्रहरीले नक्कली रुपैयाँका साथ पीडितलाई दमाईसँग भेट्न पठाएको थियो। नक्कली रुपैयाँ बुझ्दै गर्दा दमाईलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको सिबिल प्रहरी टोलीले बुधबार बेलुकी पक्राउ गरेको हो। दमाईका साथमा एक थान कटुवा पेस्तोल र एउटा गोली समेत फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले जानकारी दिनुभएको छ। पक्राउ परेका दमाईमाथि थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताएको छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!