२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपालगन्जमा साझा प्रजातान्त्रिक उद्योगी ब्यवसायीहरुको उमेदवार घोषणा

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

(महेन्द्र सिंह)
बाँके पुस १७ उद्योगी व्यवसायीको छातासंगठन नेपालगञ्ज उद्योग वाणिज्य संघको आगामी माघ ११ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यावसायी समुह प्यानलले अध्यक्ष मा ललित कुमार रोैनियार को नेतृत्वमा शुक्रबार कार्यक्रम गरी उम्मेदवारहरुको नाम घोषणा गरीएको छ । उक्त प्यानलको उपाध्यक्षमा तपेन्दृ   बिक्रम र वाणिज्य तर्फ अमित बस्नेत उम्मेदवार रहनुभएको छ । सदस्यमा अजय कुमार टण्डन , सनिल सिंघल, विन्दु घर्ति मगर, टंक प्रसाद शर्मा , टेक बहादुर खड्का , मख्खन बहादुर धामि, तेज नारायण कंडेल , बदरुदिन अन्सारी , विष्णु प्रसाद श्रेष्ठ , सन्तोष कुमार वैश्य, सुरेन्द्र सिंह सरदार रहनुभएको छ । उम्मेदवारी घोषणा पछि बोल्दै अध्यक्ष पदका उम्मेदवार ललित कुमार रोैनियारले लामो समयदेखि संघमा रहेर उद्योगी, व्यवसायीको हकहितमा लाग्दै आउनुभएका उद्योगी, व्यवसायीहरुलाई उम्मेदवार बनाएर निर्वाचनमा होमिएको बताउँदै सहयोग गर्न आग्रह गर्नुभयो । मलाई यहाँहरुले यसपटक संघको नेतृत्व गर्ने जिम्मेवारी सुम्पिनु हुन्छ भन्ने बिश्वास छ भन्दै अध्यक्ष पदका उम्मेदवार रोैनियारले भन्नुभयो । उहाँले नेतृत्वमा पुर्याए निजीक्षेत्रबाट जिल्लाको विकासका लागि गर्न सक्ने योगदान गर्ने बताउँदै उद्योगी, व्यवसायीको हितका बिषयमा कुनै सम्झौता नगर्ने स्पष्ट पार्नुभयो । उहाँले थप्दै भन्नुभयो,–‘यहाँको दुःख, सुःखको सारथी बन्नका लागि म मेरो व्यापार, व्यवसाय र घरका कामकाज छोड्न तयार छु । २४ सै घण्टा यहाँहरुको सेवामा हाजिर हुन्छु भन्दै घोषणा सभामा सहभागि हुँदै आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!