२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

अपराध महाशाखा एसएसपी थापाको कार्वाही सुरु उपभोक्तालाई ठगी गर्ने ब्यापारी पक्राउ

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६


सागर थापा
काठमाडौं पुस १९ उपभोक्ता ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखा काठमाडौंले एक जना ब्यापारीलाई पक्राउ गरेको छ।
अपराध महाशाखाले ठगी गरेको आरोपमा महेन्द्र सारडालाई पक्राउ गरेको हो। उनलाई थापाथली स्थित कार्यालयबाट शुक्रवार पक्राउ गरिएको हो।
काठमाडौं अपराध महाशाखा टेकुका प्रहरी प्रमुख एसएसपी शहकुल थापाका अनुसार इलेक्ट्रोनिक्स केबुलको परिमाण भन्दा कम लम्बाई राखेर समान बिक्रि वितरण गरेको आरोपमा सारडालाई पक्राउ गरिएको हो। उनको थापाथली स्थित अधिकृत बिक्रेताको कार्यालयमा समेत प्रहरीले सिलबन्दी गरेको छ।
एसएसपी शहकुल बहादुर थापा
” एक रोलमा एक सय मिटर हुनुपर्नेमा कम्पनी बाट ५ देखि २० मिटरसम्म कम परिमाण राखेर प्याकेट तयार गरेको पाइयो,” एसएसपी थापाले भने। हामिलाई केही उजुरी आएका थिए, त्यसको अनुसन्धान गर्दा शुक्रवार सारडालाई पक्राउ गरिएको थापाले बताए।
प्रहरीले स्याम्पलको रुपमा अधिकृत बिक्रेताको कार्यालयबाट ६ थान प्याकेट समेत रोल समेत बरामद गरेको छ।सारडा मोरङको टंकीसिनुबारी स्थित पायोनियर इलेक्ट्रेकका सन्चालक हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!