२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अपराध महाशाखा एसएसपी थापाको कार्वाही सुरु उपभोक्तालाई ठगी गर्ने ब्यापारी पक्राउ

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

सागर थापा
काठमाडौं पुस १९ उपभोक्ता ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखा काठमाडौंले एक जना ब्यापारीलाई पक्राउ गरेको छ।
अपराध महाशाखाले ठगी गरेको आरोपमा महेन्द्र सारडालाई पक्राउ गरेको हो। उनलाई थापाथली स्थित कार्यालयबाट शुक्रवार पक्राउ गरिएको हो।
काठमाडौं अपराध महाशाखा टेकुका प्रहरी प्रमुख एसएसपी शहकुल थापाका अनुसार इलेक्ट्रोनिक्स केबुलको परिमाण भन्दा कम लम्बाई राखेर समान बिक्रि वितरण गरेको आरोपमा सारडालाई पक्राउ गरिएको हो। उनको थापाथली स्थित अधिकृत बिक्रेताको कार्यालयमा समेत प्रहरीले सिलबन्दी गरेको छ।
एसएसपी शहकुल बहादुर थापा
” एक रोलमा एक सय मिटर हुनुपर्नेमा कम्पनी बाट ५ देखि २० मिटरसम्म कम परिमाण राखेर प्याकेट तयार गरेको पाइयो,” एसएसपी थापाले भने। हामिलाई केही उजुरी आएका थिए, त्यसको अनुसन्धान गर्दा शुक्रवार सारडालाई पक्राउ गरिएको थापाले बताए।
प्रहरीले स्याम्पलको रुपमा अधिकृत बिक्रेताको कार्यालयबाट ६ थान प्याकेट समेत रोल समेत बरामद गरेको छ।सारडा मोरङको टंकीसिनुबारी स्थित पायोनियर इलेक्ट्रेकका सन्चालक हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!