१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

नेकपा चन्द्रागिरी-१० कमिटीद्धारा खेलाडीलाई सम्मान

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

पौष १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. १० कमिटीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तथा अन्तराष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
नेकपा केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सांसद अन्जना बिसङ्खेले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक बिजेता खेलाडी ललिता महर्जन, चिनमा भएको अन्तराष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा स्वर्ण पदक बिजेता प्रदिप महर्जन तथा बक्सिङ्ग प्रशिक्षक दिपक महर्जनलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा प्रतिनिधी सभा सांसद अन्जना बिसङ्खे लगायत नेकपा प्रदेश नं ३ सदस्य रुपा महर्जन, नगर प्रवक्ता हरीभक्त महर्जन, च.न.पा १० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जन लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य शिव कुमार महर्जनले सञ्चालन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!