२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेकपा चन्द्रागिरी-१० कमिटीद्धारा खेलाडीलाई सम्मान

Logo
प्रकाशित शनिबार, पुष १९, २०७६

पौष १९, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी चन्द्रागिरी नगरपालिका वडा नं. १० कमिटीले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तथा अन्तराष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा पदक बिजेता खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरेको छ ।
नेकपा केन्द्रिय सदस्य तथा प्रतिनिधी सभा सांसद अन्जना बिसङ्खेले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा रजत पदक बिजेता खेलाडी ललिता महर्जन, चिनमा भएको अन्तराष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा स्वर्ण पदक बिजेता प्रदिप महर्जन तथा बक्सिङ्ग प्रशिक्षक दिपक महर्जनलाई सम्मान गर्नुभएको हो ।
कार्यक्रममा प्रतिनिधी सभा सांसद अन्जना बिसङ्खे लगायत नेकपा प्रदेश नं ३ सदस्य रुपा महर्जन, नगर प्रवक्ता हरीभक्त महर्जन, च.न.पा १० का वडा अध्यक्ष गोपाल कृष्ण महर्जन लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रम नेकपा निकट राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी सदस्य शिव कुमार महर्जनले सञ्चालन गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!