१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

जसपाका अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै कार्यकर्ताहरूले मलंगवा बजार बन्द गरे

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २८, २०८२

सर्लाही । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश अध्यक्ष अशोक यादवमाथि झुठा मुद्धा लगाएको भन्दै नेता तथा कार्यकर्ताहरूले मलंगवा बजार बन्द गराएका छन्।

उनिहरुले सर्लाहीका एसपी योगेन्द्रकुमार खड्कामाथि कारबाही हुनुपर्ने र प्रहरीले लगाएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग अघि सारेका हुन्।

जसपा मधेश प्रदेश अध्यक्षमाथि लगाइएको मुद्दा फिर्ता नलिए आन्दोलन जारी रहने जसपा सर्लाहीका अध्यक्ष शम्भुप्रसाद यादवले बताए।

उनका अनुसार प्रहरीको ज्यादती विरुद्ध दुई दिने मलंगवा बजार बन्द आह्वान गरेको हो। पहिलो दिन शनिबार बिहानैदेखि मलंगवा बजार बन्द हुनुका साथै यातायात समेत ठप्प छ।

मलंगवाको विभिन्न स्थानमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरूले टायर बालेर प्रदशन गरेका छन्। लामो तथा छोटो दूरीका कुनै पनि सवारी साधन मलंगवा–नवलपुरसँग जोडिएको सहायक राजमार्ग भएर चल्न सकेका छैनन्।

मलंगवा बजार क्षेत्रको कलकारखाना बन्द छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले भने ठाँउ ठाँउमा प्रहरीको उपस्थिति बाक्लो बनाएको छ । सर्लाही जिल्ला अदालतबाट प्रहरीले जसपा नेता यादवविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ।

अदालतबाट पक्राउ पूर्जी जारी भएको एक साता बितिसक्दा पनि प्रहरीले यादवलाई पक्राउ गर्न भने सकेको छैन। पूर्व मधेश प्रदेश सभा सदस्य समेत रहेका यादव र एसपी खड्काबिच असार १९ गते राति टेलिफोनमा अपशब्द प्रयोग गर्दै गालीगलौच र बाझाबाझ भएपछी अदालतबाट पक्राउ पुर्जी जारी भएको हो।

सर्लाही जिल्ला अदालतले यादवविरुद्ध आपराधिक उपद्रो कसुरमा पक्राउ गर्न असार २० गते नै अनुमति दिएको थियो।

जसपा नेता यादवलाई प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ। खोजी रहेका नेता यादव भने आफ्नो सामाजिक सन्जालमा विभिन्न भिडियो पोष्ट गर्ने र संचारमाध्यमलाई अन्तर्वार्ता दिने काम भने गरिरहेकै छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट प्रस्थान गर्ने यात्रुले लैजान खोजेका सुरक्षा दृष्टिकोणले निषेधित एवं कानुनले प्रतिबन्धित सामग्री आज बुधबार नष्ट गरेको छ। गत चैत ३० देखि यही वैशाख १५ गतेसम्म यात्रामा छुटेका, बेवारिसे अवस्थामा फेला परेका लाइटर, मदिरा, कैची, घ्यु, मसलालगायत सामग्री विमानस्थजको डम्पिङ क्षेत्रमा नष्ट गरेको कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालले […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको उपस्थितिमा समसामयिक सन्दर्भहरूबारे महत्वपूर्ण ब्रिफिङ, छलफल तथा विचार आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रदेशको शान्ति सुरक्षा अवस्था, अपराध नियन्त्रण, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपाय, नागरिकमैत्री प्रहरी सेवा, प्रविधिको प्रयोग, अनुशासन, जिम्मेवारी तथा व्यावसायिक कार्यसम्पादनका विविध पक्षमा गहन छलफल गरिएको थियो। प्रहरी […]

error: Content is protected !!