२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

आइतबार तपाईको राशिफल

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ २९, २०८२

मेष – आत्मबल र आत्मविश्वासमा वृद्धि हुनेछ। पारिवारिक विषयमा ध्यान दिनु पर्ने समय हो। विदेशसम्बन्धी प्रयासमा केही ढिलाइ आउन सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्।

वृष – आर्थिक पक्ष बलियो देखिन्छ। व्यापारमा फाइदा हुनेछ। वैदेशिक काम सफल हुने सम्भावना छ। मित्रसँग जमघट वा शुभ वार्ता हुन सक्छ।

मिथुन – कार्यक्षेत्रमा सम्मान मिल्नेछ। नयाँ जिम्मेवारी आइनसक्छ। घरपरिवारमा सामञ्जस्यको आवश्यकता देखिन्छ। निर्णय गर्दा धैर्य अपनाउनुहोस्।

कर्कट – भाग्यबल साथ दिनेछ। अध्ययन, लेखन वा धर्मतर्फ झुकाव बढ्नेछ। गुरुजनको सहयोग पाइने संकेत छ। वैदेशिक कार्य सफल बन्नेछन्।

सिंह – मन चिन्तित हुन सक्छ, तथापि अडानसाथ अघि बढेमा उपलब्धि हुनेछ। ऋण वा करको विषयमा सचेत रहनुहोस्। भावनामा बगेर निर्णय नगर्नुहोस्।

कन्या – साझेदारी वा वैवाहिक सम्बन्धमा सुधार आउनेछ। मित्र वा सहकर्मीको समर्थन मिल्नेछ। तर, मतभेद बढ्न नदिन संवादमा सन्तुलन राख्नुहोस्।

तुला – काममा व्यस्तता बढ्नेछ। स्वास्थ्यलाई बेवास्ता नगर्नुहोस्। श्रमअनुसार सफलता मिल्नेछ। यात्रामा बाधा आउनसक्छ।

वृश्चिक – मन रमाउने समय छ। सिर्जनात्मक वा प्रेम सम्बन्धमा प्रगति देखिन्छ। विद्यार्थीलगायत प्रतिस्पर्धामा सफलता मिल्ने योग छ।

धनु – घरपरिवारमा केही जिम्मेवारी बढ्नेछ। जागिर र स्थायी सम्पत्तिको काममा सफलता मिल्नेछ। मातापितासँग समय बिताउनुपर्ला।

मकर – योजना सफल बन्नेछन्। छोटो यात्रा लाभदायक बन्न सक्छ। दाजुभाइ वा छरछिमेकसँग सम्बन्ध सुधार हुनेछ। विचारमा स्पष्टता ल्याउनुहोस्।

कुम्भ – आर्थिक लाभको राम्रो समय छ। बचतमा ध्यान दिनु उपयुक्त हुनेछ। पारिवारिक सुख अनुभव हुनेछ। तामझामभन्दा व्यवहारमा जोड दिनुहोस्।

मीन – चन्द्रमा राशिमा भएकाले भावनात्मक उथलपुथल हुनसक्छ। आत्ममूल्यांकनमा ध्यान दिनुहोस। व्यक्तित्व निखारिने समय हो, काममा केन्द्रित रहनुहोस्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।