२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङ प्रहरीद्वारा मोवाईल व्यवसायीहरुसंग साइबर सुरक्षा सचेतना विशेष अन्तरक्रिया

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, आषाढ २९, २०८२

दाङ । समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप २०८२।०३।२८ गते घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहलमा नेपाल मोवाईल व्यवसायी संघ जिल्ला शाखा दाङ र मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराही दाङको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको समन्वय, मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराहीका अध्यक्ष शालिकराम खनालको अध्यक्षता, नेपाल मोवाईल व्यवसायी महासंघका केन्द्रिय उपाध्यक्ष दिपक पाण्डेको प्रमुख आतिथ्यता, नेपाल मोवाईल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शेष नारायण शर्मा र जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक राम कुमार के.सी.को विशिष्ट आतिथ्यता, नेपाल मोवाईल व्यवसायी संघ जिल्ला शाखा दाङ र मोवाईल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ घोराहीका पदाधिकारीहरु, मोवाईल व्यवसायीहरु, संचारकर्मी लगायतको सहभागितामा संचालित “साइबर सचेतना तथा अन्तरक्रिया कार्यक्रम”मा प्रहरी निरीक्षक राम कुमार के.सी.ले साइवर अपराधको परिचय, सामाजिक संजालको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु, सुरक्षित प्रयोग, कानूनी प्रावधान, मोवाईल चोरी तथा चोरी भएको मोवाईल प्रयोग नियन्त्रणमा गर्न व्यवसायीहरुको भूमिका, गैह्रकानूनी कामकारवाही नियन्त्रण लगायत विषयमा जानकारी दिनुको साथै सहभागिहरुबाट उठेका प्रश्न तथा जिज्ञासाहरुको सहजिकरण गर्नु भएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।