२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कार्यकक्षमै कुटिए वडाअध्यक्ष

Logo
प्रकाशित मंगलबार, पुष २२, २०७६

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ का वडा अध्यक्ष दिलबहादुर बुढामाथि मंगलबार हातपात भएको छ।
छाडा गाईगोरु व्यवस्थापनको खर्चबारे विवाद हुँदा बुढामाथि कुटपिट गरेको वडा कार्यालयका कर्मचारीले बताए। वडा कार्यालयमा रहेका वडा अध्यक्ष बुढामाथि अग्नि विष्ट र उनका छोरा लोकेन्द्र विष्टले कुटपिट गरेका हुन्।
२०७४ सालमा १५ दिनका लागि विष्टलाई नगरपालिकाले छाडा गाई व्यवस्थापनको जिम्मा दिएको थियो। गाई जिम्म दिएबापत विष्टलाई नगरपालिको दुई लाख ६० हजार रकम भुक्तानी गरेको थियो। गाई व्यवस्थापनको अझै दुई लाख रुपैयाँ रकम बाँकी रहेको भन्दै मदिरा सेवन गरी बुवाछोराले विवाद गरी कुटपिट गरेको वडा अध्यक्ष बुढाले बताए।
‘सम्झौताभन्दा बढी रकम विष्टले बुझेर लगेका छन्’ अध्यक्ष बुढाले भने, ‘भुक्तानी पाइसके पनि छाडा गाई व्यवस्थापनमा खटिएका कामदारलाई रकम नदिई खर्च गरेका छन्। उल्टै अझै रकम पाउनु पर्ने भनी बखेडा झिकेर कुटपिटमा उत्रिए।’
‘रकम भुक्तानीबारे नगरपालिकासँग सम्झौता गरिएको छ। त्यहि गएर बुझ्नोस्, पाउनु पर्ने भए नगरपालिको देला पनि भनेँ। तर गालीगलौज गर्दै ममाथि नै कुटपिट गरे’ उनले थपे।
नगरपालिकका नगर प्रमुख दिलबहादुर ऐरले कार्य कक्षमै रहेका जनप्रतिनिधिमाथि कुटपिट गर्ने कार्य कदापी पनि सैह्य नहुने बताए। ‘पाउनु पर्ने रकम भए पनि नगरपालिकासँग बुझे हुन्थ्यो’, उनले भने ‘मदिरा सेवन गरेर जनताको सेवामा खटिएका जनप्रतिनिधिमाथि कुटपिट गर्नेहरूमाथि कानुनी कार्वाही हुन्छ।’
वडा अध्यक्ष बुढालाई कुटपिट गर्ने बुवाछोरा दुवैलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेको छ। बुवाछोरा अहिले इप्रका झलारीको हिरासतमा रहेका प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!