२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सिन्धुलको वडा कार्यालयमा कुकर बम प्रहरीबाट निष्क्रिय

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

सिन्धुली पुस २३ मरिण गाउँपालिका-३ मथौलीको वडा कार्यालयमा प्रेसर कुकर बम भेटिएको छ। बुधबार दिउँसो कार्यालय सरसफाई गर्नेक्रममा कर्मचारीले बम फेला पारेका हुन्।
वडा अध्यक्षको कार्यकक्षलाई लक्षित गरी वडा कार्यालयको पछाडीपट्टी भित्तामा बम फेला परेको वडाध्यक्ष प्रवक्ता प्रख्यात मोक्तानले जानकारी दिए। ‘मेरो कार्यकक्षमै जोडेर कार्यालयको बाहिरपट्टी भित्तामा बम राखिएको छ। हामीले दिउँसो मात्र थाहा पाएका हौं,’ उनले भने।
बम तीन लिटरको जस्तो देखिने प्रेसर कुकरमा राखिएको छ। त्यहाँ एउटा मोबाइलसमेत फिट गरिएको र मोबाइल र कुकरबीचमा तारहरु जोडिएको देखिएको मोक्तानले बताए। अहिले बम राखिएको ठाउँमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षकको टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालयमा समेत बम भेटिएको बारेमा जानकारी गराइएको उनको भनाई छ। बम डिस्पोज गर्न रातीको समयमा कठिन हुने भएपछि जिल्लाबाट नेपाली सेनाको टोली बिहीबार बिहान मात्र आइपुग्ने जानकारी पाएको वडाध्यक्ष मोक्तानले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!