२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सिन्धुलको वडा कार्यालयमा कुकर बम प्रहरीबाट निष्क्रिय

Logo
प्रकाशित बुधबार, पुष २३, २०७६

सिन्धुली पुस २३ मरिण गाउँपालिका-३ मथौलीको वडा कार्यालयमा प्रेसर कुकर बम भेटिएको छ। बुधबार दिउँसो कार्यालय सरसफाई गर्नेक्रममा कर्मचारीले बम फेला पारेका हुन्।
वडा अध्यक्षको कार्यकक्षलाई लक्षित गरी वडा कार्यालयको पछाडीपट्टी भित्तामा बम फेला परेको वडाध्यक्ष प्रवक्ता प्रख्यात मोक्तानले जानकारी दिए। ‘मेरो कार्यकक्षमै जोडेर कार्यालयको बाहिरपट्टी भित्तामा बम राखिएको छ। हामीले दिउँसो मात्र थाहा पाएका हौं,’ उनले भने।
बम तीन लिटरको जस्तो देखिने प्रेसर कुकरमा राखिएको छ। त्यहाँ एउटा मोबाइलसमेत फिट गरिएको र मोबाइल र कुकरबीचमा तारहरु जोडिएको देखिएको मोक्तानले बताए। अहिले बम राखिएको ठाउँमा इलाका प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी निरिक्षकको टोली पुगेको छ । जिल्ला प्रहरी कार्यालयमा समेत बम भेटिएको बारेमा जानकारी गराइएको उनको भनाई छ। बम डिस्पोज गर्न रातीको समयमा कठिन हुने भएपछि जिल्लाबाट नेपाली सेनाको टोली बिहीबार बिहान मात्र आइपुग्ने जानकारी पाएको वडाध्यक्ष मोक्तानले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]