२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

स्थानीय सरकारले राजश्व छलेर व्यवसाय दर्ता गरेको दाङ उद्योग बाणिज्य संघको आरोप

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

सागर थापा
दाङ पुस २५ स्थानीय सरकारले गैर कानुनी रुपमा व्यवसाय दर्ता गरेको भन्दै त्यसको व्यवसायीले नै विरोध गरेका छन् । आफु निकटका व्यवसायिलाई राजश्व छलि गरेर रसिद काटेर व्यवसाय दर्ता गरेको गुनासो बढेको छ ।
दाङ जिल्ला उद्योग वाणिज्य संघका पदाधिकारी र सदस्यहरूले त्यस्तो गुनासो गरेका हुन ।
विहीवार घोराहीमा आयोजित पत्रकार सम्मेलनमा दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष वशन्त जोसीले वडा कार्यालयहरुले राजस्व छलि गरेर रसिद काटेको आरोप लगाए ।
उपमहानगरपालिका वाट रसिद बुझेको भन्दै एक महिना अगाडिको मितिमा रसिद काटिएको अवस्था देखिएको उनले बताए ।
घोराही उपमहानगरपालिका वडा नं.२ मा व्यवसायी दर्ताको नाममा नियम विपरित कार्य भएको जोशीले आरोप लगाए । त्यसवाट ठूलो राजस्व छलि भएको उनले दाबी गरे ।
‘अहिले स्थानीय सरकार छोटे सरकार वनेका छन्,’ उद्योग उपाध्यक्ष जोसीले भने ।
संघका वाणिज्य उपाध्यक्ष टंकसिंह बुढाथोकीले गैर व्यवासायिहरूलाई चोरवाटो वाट प्रवेश दिइएको भन्दै त्यो सच्याउनुपर्ने माग गरे ।
बुढाथोकीले अनुगमनका क्रममा वडा कार्यालयहरुले गैर कानुनी काम गरेको पाइएको बताए ।
आफुहरुले यो विषयमा बैठकमा छलफल गरेर उत्पन्न समस्या समाधान गर्न आग्रह गर्दै आएको भएपनि अध्यक्ष र महासचिवले बेवास्ता गर्दै आएको उनले गुनासो गरे ।
संघकी सचिव माया पोख्रेल र कोषाध्यक्ष सुशील पोख्रेलले गैर व्यवसायीलाई गैर कानुनी तरिकाले सदस्यता दिए स्वीकार्य नहुने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!