२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

नेपाल प्रहरीका डिआईजी शाहको अवकाश बढुवाको दौडधुपमा एसएसपीहरु

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस २५ नेपाल प्रहरीका डिआईजी महेशबिक्रम शाहले अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण उनले अवकाश पाएका हुन् ।
इन्सपेक्टरमा भर्ना हुुनुभन्दा डेढ महिनाअघि सिपाहीमा भर्ना भएकाले उनको अवकाश पाएका हुन् । उनी पछिल्लो सयम सुरक्षा परिषद्मा कार्यरत थिए ।
डिआईजीको एक पद रिक्त भएपछि त्यसमा बढुवाको दौडधुप सुरु भएको छ । जसमा ब्याचका सिनियरदेखि जुनियरसम्म लागेका छन् । सिनियरहरुमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की लगायत छन् । त्यस्तै जुनियर ब्याचका उत्तम सुवेदी, धीरजप्रताप सिंह, बसन्त लामा लगायत पनि प्रतिस्पर्धामा छन् । जुनियर ब्याचका विश्वराज पोखरेल डिआईजीमा बढुवा भइसकेका छन् । त्यसकारण बढुवामा सिनियर र जुनियरको मापदण्ड हटेकाले जो पनि पावरका आधारमा बढुवा हुने अवस्था छ । यसले बढुवामा अस्वस्थ्य प्रतिस्पर्धा बढाएको छ । आगामी २९ माघबाट मात्र प्रहरीमा डिआईजीका २१ पद रिक्त हुनेछन् । प्रहरी महानिरीक्षकसहित २५ जना उच्च अधिकारीले त्यसबेला अवकाश पाउँदैछन् । त्यसपछिका आईजिपीका रुपमा ठाकुर ज्ञवालीलाई हेरिएको छ । अर्का डिआईजी तारिणी लम्साल पनि प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]