०३ भाद्र २०८२, मंगलबार
19-08-2025 , Tue
×

नेपाल प्रहरीका डिआईजी शाहको अवकाश बढुवाको दौडधुपमा एसएसपीहरु

Logo
प्रकाशित शुक्रबार, पुष २५, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस २५ नेपाल प्रहरीका डिआईजी महेशबिक्रम शाहले अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण उनले अवकाश पाएका हुन् ।
इन्सपेक्टरमा भर्ना हुुनुभन्दा डेढ महिनाअघि सिपाहीमा भर्ना भएकाले उनको अवकाश पाएका हुन् । उनी पछिल्लो सयम सुरक्षा परिषद्मा कार्यरत थिए ।
डिआईजीको एक पद रिक्त भएपछि त्यसमा बढुवाको दौडधुप सुरु भएको छ । जसमा ब्याचका सिनियरदेखि जुनियरसम्म लागेका छन् । सिनियरहरुमा घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की लगायत छन् । त्यस्तै जुनियर ब्याचका उत्तम सुवेदी, धीरजप्रताप सिंह, बसन्त लामा लगायत पनि प्रतिस्पर्धामा छन् । जुनियर ब्याचका विश्वराज पोखरेल डिआईजीमा बढुवा भइसकेका छन् । त्यसकारण बढुवामा सिनियर र जुनियरको मापदण्ड हटेकाले जो पनि पावरका आधारमा बढुवा हुने अवस्था छ । यसले बढुवामा अस्वस्थ्य प्रतिस्पर्धा बढाएको छ । आगामी २९ माघबाट मात्र प्रहरीमा डिआईजीका २१ पद रिक्त हुनेछन् । प्रहरी महानिरीक्षकसहित २५ जना उच्च अधिकारीले त्यसबेला अवकाश पाउँदैछन् । त्यसपछिका आईजिपीका रुपमा ठाकुर ज्ञवालीलाई हेरिएको छ । अर्का डिआईजी तारिणी लम्साल पनि प्रतिस्पर्धामा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता दिँदै फैसला कार्यान्वयनलाई तीव्रता दिएका छन् । मुलुकभरका अदालत र अर्धन्यायिक निकायबाट कैद तथा जरिवाना सजाय पाएर फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्न मन्त्री लेखकले प्रहरीलाई निर्देशन दिँदै आएका छन् । सोही निर्देशनका कारण उनको कार्यकालको पहिलो वर्ष (आर्थिक वर्ष २०८१/८२) मा […]

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले गत साता बढुवा भएकाको पदस्थापनसँगै सरुवा पनि गर्न खोजेकोमा कुरा नमिलेपछि पदस्थापन गरी एक वर्ष अवधि पुगेका जिल्लाको मात्र हेरफेर गरेका थिए। अन्य जिल्लाका एसपीको पनि ११ महिना अवधि भइसकेको छ। जसअनुसार अवकाशअघि आईजीपी थापाले एक दर्जन जिल्लाका एसपीहरुको सरुवा तयारी थालेका छन्। तर, जिल्ला कमाण्डमा जाने आंकाक्षी […]

वीरगञ्ज महानगरले लगाएको कवाडी वन्यजन्तु करको ठेक्का,नियमविपरीत पैसा असुलीको आरोप पर्सा । पहिलो दिन नै विवादमा पर्यो वीरगञ्ज महानगरपालिकाले लगाएको कवाडी तथा वन्यजन्तु करको ठेक्का, नियमविपरीत पैसा असुलेको स्थानीय र सवारीचालकहरूको आरोप

error: Content is protected !!