२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

बर्दिया जिल्लाको ८ वटा स्थानीय सरकारलाई प्रहरी महानिरीक्षकको प्रशंसा पत्र वितरण

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

सागर थापा बर्दिया पुस २६ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा मधुवन नगरपालिकाको सहभागिता, सहकार्य र साझेदारीको प्रशंसा गरेका छन्। समुदाय प्रहरी साझेदारीले आम नागरिकहरूमा प्रहरी र स्थानीय सरकार प्रति विश्वास र सुशासनको भरोसा अभिवृद्धि गर्न सफल भएकोले जिउ धनको सुरक्षा लगायतका सुशासनको भरोशा अभिबृद्दी गर्न नगरपालिका सफल भएकोले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमान्डौबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बर्दियाका आठवटै स्थानीय तहलाई प्रशंसा पत्र पठाएका हुन् ।
शान्तिपूर्ण र सुरक्षित समाजको लक्ष्य का साथ प्रादुर्भाव भएको समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत समुदाय प्रहरी साझेदारीका समितिहरू निर्माण तथा समुदाय तथा समुदाय र विद्यालय कार्यक्रमहरूको कार्यान्वयन मा ६ नगरपालिका र २ गाउँपालिका अग्रसरता रहेको भन्दै प्रशंसित भएका हुन । प्रहरी प्रधान कार्यालयबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट मधुवन नगरपालिकालाई प्राप्त प्रसंशा पत्र पुस २५ गते हस्तान्तरण गरिएको छ ।
मधुवन नगरपालिका कार्यालय सानोश्री पुगी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले नगरप्रमुख गणेश बहादुर क्षेत्रीलाई सो प्रशंसा-पत्र प्रदान गरेका हुन्। प्रहरी महानिरीक्षक ज्यूले समुदाय-प्रहरी साझेदारी” को माध्यमबाट नेपाल प्रहरी र मधुवन न.पा. बिचको सम्बन्ध भावी दिनहरुमा अझ प्रगाढ र प्रभावकारी बन्ने शुभेच्छा सहित साझेदारीको दिगो र दीर्घकालीन विकासमा थप सक्रियता र सृजनशील भूमिकाको अपेक्षा समेत गरेको प्रहरी उपरिक्षक बास्तोलाले बताए ।
प्रसंशा पत्र हस्तान्तरण कार्यकम मा जन प्रतिनिधि, कर्मचारी, सर्वसाधारण, समुदायको अगुवा लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी बास्तोलाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।