२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बर्दिया जिल्लाको ८ वटा स्थानीय सरकारलाई प्रहरी महानिरीक्षकको प्रशंसा पत्र वितरण

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६

सागर थापा बर्दिया पुस २६ प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले समुदाय प्रहरी साझेदारी अवधारणाको कार्यान्वयनमा मधुवन नगरपालिकाको सहभागिता, सहकार्य र साझेदारीको प्रशंसा गरेका छन्। समुदाय प्रहरी साझेदारीले आम नागरिकहरूमा प्रहरी र स्थानीय सरकार प्रति विश्वास र सुशासनको भरोसा अभिवृद्धि गर्न सफल भएकोले जिउ धनको सुरक्षा लगायतका सुशासनको भरोशा अभिबृद्दी गर्न नगरपालिका सफल भएकोले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल काठमान्डौबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बर्दियाका आठवटै स्थानीय तहलाई प्रशंसा पत्र पठाएका हुन् ।
शान्तिपूर्ण र सुरक्षित समाजको लक्ष्य का साथ प्रादुर्भाव भएको समुदाय प्रहरी साझेदारी अवधारणा अन्तर्गत समुदाय प्रहरी साझेदारीका समितिहरू निर्माण तथा समुदाय तथा समुदाय र विद्यालय कार्यक्रमहरूको कार्यान्वयन मा ६ नगरपालिका र २ गाउँपालिका अग्रसरता रहेको भन्दै प्रशंसित भएका हुन । प्रहरी प्रधान कार्यालयबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट मधुवन नगरपालिकालाई प्राप्त प्रसंशा पत्र पुस २५ गते हस्तान्तरण गरिएको छ ।
मधुवन नगरपालिका कार्यालय सानोश्री पुगी जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले नगरप्रमुख गणेश बहादुर क्षेत्रीलाई सो प्रशंसा-पत्र प्रदान गरेका हुन्। प्रहरी महानिरीक्षक ज्यूले समुदाय-प्रहरी साझेदारी” को माध्यमबाट नेपाल प्रहरी र मधुवन न.पा. बिचको सम्बन्ध भावी दिनहरुमा अझ प्रगाढ र प्रभावकारी बन्ने शुभेच्छा सहित साझेदारीको दिगो र दीर्घकालीन विकासमा थप सक्रियता र सृजनशील भूमिकाको अपेक्षा समेत गरेको प्रहरी उपरिक्षक बास्तोलाले बताए ।
प्रसंशा पत्र हस्तान्तरण कार्यकम मा जन प्रतिनिधि, कर्मचारी, सर्वसाधारण, समुदायको अगुवा लगायतको उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी बास्तोलाले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!