२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

तस्करी रोक्न बाँकेमा फ़ेरि अर्को बोर्डर आउट पोस्ट थपियो

Logo
प्रकाशित शनिबार, पुष २६, २०७६


(महेन्द्र सिंह)
बाँके पुस २६ नेपालगन्जमा एउटा बिओपी (बोर्डर आउट पोस्ट) थपिएको छ। योसँगै जिल्लामा बिओपीको संख्या ६ पुगेको छ। सरकारले देशभर १ सय १४ वटा बिओपी थप गर्ने निर्णय गरेकोमा बाँकेमा पनि ५ वटा बिओपी थप्न लागिएको हो।
यसै क्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले दिए।
सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर प्रदेश विन्देवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच जयसपुर बिओपीको उद्घाटन गरे।
सशस्त्र प्रहरी नायब महानिरीक्षक पौडेलले नयाँ थपिने बिओपीहरुले सीमा सुरक्षा, अपराध तथा तस्करी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्ने बताए। उनले जनताबाट गुनासो नभइ प्रशंसा आउने गरी काम गर्न मातहतका प्रहरी अधिकारी तथा जवानहरुलाई निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जयसपुर बिओपी थपिएसँगै अवैध निकासी पैठारी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भन्सार कार्यालय नेपालगञ्जको जग्गामा बिओपी स्थापना गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे।
कार्यक्रममा भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओली लगायत उपस्थित थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सल्यान । कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगर गएराति साथीहरूसँग शिकार खेल्न धरानी सामुदायिक वन पुगेका थिए। शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चल्दा पुन मगरको पेटको तल्लो […]

बाँके । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई आक्रामक बनाउँदै ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । एसपी अंगुर जिसीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय बाँकेले विभिन्न स्थानमा छापा मार्दै भन्सार छलि ल्याइएका करिब ११ लाख रुपैयाँ बराबरका लत्ताकपडा, माउन्टेन ड्यू, कोक, मोबाइलका पार्टपुर्जा, विभिन्न इलेक्ट्रोनिक सामग्री, खाद्य वस्तु तथा सुर्तिजन्य पदार्थ रहेका छन् ।

काठमाडौं । नेपाल प्रहरीमा एक वर्षको अवधिमा विभिन्न दर्जाका एक हजार ८४८ प्रहरीहरु विभागीय कारवाहीमा नेपाल प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२-८३ मा प्रहरी आचरण विपरीत काम गर्ने, पदीय व्यावसायिकता कायम नगर्ने तथा प्रहरी नियमावलीका प्रावधान उल्लंघन गर्ने कर्मचारीमाथि कारबाही गरिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) अबिनारायण काफ्लेका अनुसार कारबाहीमा पर्नेमा कार्यालय […]

error: Content is protected !!