२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

पूर्वराजा ज्ञानेन्द्र शाहसहितको ६ सदस्यीय टोली १० दिनको बसाइँका लागि झापामा आइपुगे,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, भाद्र ०९, २०८२

काठमाडौं । पूर्वराजा शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाहसहितको ६ सदस्यीय टोली आज दिउँसो १२ः४५ बजे बुद्ध एयरको नियमित उडानबाट भद्रपुर विमानस्थल ओर्लिएको हो।

उनीहरूलाई भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको नेतृत्वमा रहेको टोलीले स्वागत गरेको थियो।

स्वागत गर्नेहरूमा नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, पूर्वमन्त्री बद्रीप्रसाद मण्डललगायतका व्यक्तिहरू थिए।

विमानस्थलमा स्वागतपछि शाह दमक–९ मा रहेको हिमालयन महालक्ष्मी टी इस्टेटस्थित मिनी दरबारतर्फ प्रस्थान गरेका छन्।

उनको सवारीका लागि विभिन्न नम्बरका आठवटा गाडी प्रयोग गरिएको थियो, जसमा बा २१ च ७३१८ नम्बरको मुख्य गाडी समावेश थियो।

यसअघि, पूर्वराजा ज्ञानेन्द्र शाह गत जेठ महिनाको दोस्रो साता पनि झापा आएका थिए। त्यतिबेला उनी करिब १५ दिन बसेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीको जुनतारा सुनचाँदी पसलमा गोली चलाएको घटनामा शंकास्पद संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङको टोलीले घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरी स्रोतले जनाएको छ। ती व्यक्ति लमहीमा गोली चलाएर घोराही पुगेका थिए। ‘घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। अहिले अनुसन्धान चलिरहेको छ,’ प्रहरी स्रोतले भन्यो,‘ती […]

काठमाडौं । मिराज ढुंगानाको नेतृत्वमा रहेको ‘गरिखान देउ’ले बालुवाटारस्थित प्रधानमन्त्री निवासको गेटमा पर्चा टाँसेको छ। अभियानका सदस्य प्रकाश शर्माले बालुवाटारमा पर्चा टाँस्दै प्रधानमन्त्रीको राजीनामा माग गरेको हुन्। उनीहरूले प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका मागप्रति बेवास्ता गर्दै चुनावमै मात्र जोड दिएको आरोप लगाएका छन्। अभियानका सदस्यहरूले विभिन्न मागसहित सिंहदरबार भित्रिन खोज्दा प्रवेश नपाएको दाबी गर्दै सिंहदरबार […]

एजेन्सी । बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा आक्रमण गरी तीन वर्षीय बालकसहित ११ जनाको हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणमा २५ जनालाई गोली लागेको पुष्टि गर्दै प्रहरी प्रवक्ता एथ्लेन्डा माथेले १४ जनालाई अस्पतालमा भर्ना गरिएको जनाउनु भएको छ । प्रिटोरियाबाट १८ किलोमिटर पश्चिममा रहेको साउल्सभिल टाउनसिपमा आक्रमण हुदाँ दश जनाको […]

error: Content is protected !!