माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799
मेष
धन लाभ हुने सम्भावना प्रबल छ। व्यापारमा फाइदा हुनेछ, रोकिएका काम पूरा हुनेछन्। पारिवारिक वातावरण मधुर रहनेछ। तर स्वास्थ्यमा ध्यान दिनुहोस्, सानो चोटपटकको योग देखिन्छ।
वृष
समाजमा प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभका नयाँ स्रोत खुल्नेछन्। तर खर्च पनि बढ्ने सम्भावना छ। व्यवहारमा संयमता आवश्यक छ, नत्र विवाद हुनसक्छ।
मिथुन
व्यापार तथा सम्पत्तिसम्बन्धी काममा लाभ हुनेछ। नयाँ सम्झौता वा योजना सफल हुनेछ। पारिवारिक खुसी बढ्नेछ। अध्ययनमा मन लाग्नेछ।
कर्कट
आज खर्च बढ्ने देखिन्छ। मानसिक अशान्ति र तनाव हुनसक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।
सिंह
धन र सम्मान दुवै बढ्नेछ। नयाँ साथी वा सम्पर्कबाट फाइदा हुनेछ। तर आत्मअहंकार नियन्त्रण गर्नुहोस्। प्रेमसम्बन्धमा सावधानी अपनाउनुहोस्।
कन्या
कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। सरकारी वा कानुनी पक्षमा लाभ मिल्नेछ। आत्मबल उच्च रहनेछ। तर परिवारमा केही मतभेद हुनसक्छ।
तुला
धार्मिक तथा सांस्कृतिक कार्यमा मन जानेछ। विदेशी सम्पर्कबाट लाभ हुने सम्भावना छ। पढाइमा मन लाग्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।
वृश्चिक
आकस्मिक धन लाभको योग छ। नयाँ अवसर मिल्नेछ। तर गोप्य कुराहरू बाहिर ल्याउँदा समस्या हुनसक्छ। नजिकका व्यक्तिसँग छलफल गरेर निर्णय लिनुहोस्।
धनु
नयाँ जिम्मेवारी आउनेछ। विद्या र अध्ययनमा प्रगति हुनेछ। मानसिक शान्ति मिल्नेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्।
मकर
रोकिएको धन फिर्ता हुने योग छ। व्यापारमा नयाँ सम्झौता हुनेछ। परिवारसँग समय रमाइलो बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ।
कुम्भ
करियरमा प्रगति र सम्मान मिल्नेछ। सहयोगीहरूबाट साथ पाइनेछ। तर आत्मसंयममा कमी आउन सक्छ। बोल्दा विचार गर्नुहोस्।
मीन
कलात्मक क्षेत्रमा लाभ हुनेछ। प्रेम र पारिवारिक जीवनमा मिठास बढ्नेछ। खर्च बढ्ने सम्भावना छ, आर्थिक योजना बनाएर अघि बढ्नुहोस्।