२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

मंगलबार तपाईंहरुको राशिफल

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र १०, २०८२

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष
धन लाभ हुने सम्भावना प्रबल छ। व्यापारमा फाइदा हुनेछ, रोकिएका काम पूरा हुनेछन्। पारिवारिक वातावरण मधुर रहनेछ। तर स्वास्थ्यमा ध्यान दिनुहोस्, सानो चोटपटकको योग देखिन्छ।
वृष
समाजमा प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभका नयाँ स्रोत खुल्नेछन्। तर खर्च पनि बढ्ने सम्भावना छ। व्यवहारमा संयमता आवश्यक छ, नत्र विवाद हुनसक्छ।

मिथुन
व्यापार तथा सम्पत्तिसम्बन्धी काममा लाभ हुनेछ। नयाँ सम्झौता वा योजना सफल हुनेछ। पारिवारिक खुसी बढ्नेछ। अध्ययनमा मन लाग्नेछ।

कर्कट
आज खर्च बढ्ने देखिन्छ। मानसिक अशान्ति र तनाव हुनसक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

सिंह
धन र सम्मान दुवै बढ्नेछ। नयाँ साथी वा सम्पर्कबाट फाइदा हुनेछ। तर आत्मअहंकार नियन्त्रण गर्नुहोस्। प्रेमसम्बन्धमा सावधानी अपनाउनुहोस्।

कन्या
कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। सरकारी वा कानुनी पक्षमा लाभ मिल्नेछ। आत्मबल उच्च रहनेछ। तर परिवारमा केही मतभेद हुनसक्छ।
तुला
धार्मिक तथा सांस्कृतिक कार्यमा मन जानेछ। विदेशी सम्पर्कबाट लाभ हुने सम्भावना छ। पढाइमा मन लाग्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

वृश्चिक
आकस्मिक धन लाभको योग छ। नयाँ अवसर मिल्नेछ। तर गोप्य कुराहरू बाहिर ल्याउँदा समस्या हुनसक्छ। नजिकका व्यक्तिसँग छलफल गरेर निर्णय लिनुहोस्।

धनु
नयाँ जिम्मेवारी आउनेछ। विद्या र अध्ययनमा प्रगति हुनेछ। मानसिक शान्ति मिल्नेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्।

मकर
रोकिएको धन फिर्ता हुने योग छ। व्यापारमा नयाँ सम्झौता हुनेछ। परिवारसँग समय रमाइलो बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ
करियरमा प्रगति र सम्मान मिल्नेछ। सहयोगीहरूबाट साथ पाइनेछ। तर आत्मसंयममा कमी आउन सक्छ। बोल्दा विचार गर्नुहोस्।

मीन
कलात्मक क्षेत्रमा लाभ हुनेछ। प्रेम र पारिवारिक जीवनमा मिठास बढ्नेछ। खर्च बढ्ने सम्भावना छ, आर्थिक योजना बनाएर अघि बढ्नुहोस्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]