१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

तीजमा पशुपति क्षेत्रमा ठुलो मेलामा ७ सय सशस्त्र प्रहरी र स्वास्थ्य सेवा पनि परिचालन,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, भाद्र १०, २०८२

काठमाडौं । तीजको अवसरमा मंगलबार पशुपतिनाथ मन्दिरमा लाग्ने ठूलो मेलालाई लक्षित गर्दै सशस्त्र प्रहरी बल नेपालले करिब सात सय जनशक्ति परिचालन गर्ने भएको छ । सुरक्षासँगै स्वास्थ्य सेवा पनि सहज उपलब्ध गराइने सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणका गणपति, सशस्त्र प्रहरी उपरीक्षक जीवन केसीको कमाण्डमा मंगलबार राति २ बजेदेखि ड्यूटी सुरु हुने भएको छ ।

दर्शनार्थीको सहजता र सुरक्षालाई प्राथमिकतामा राख्दै करिब १५० जना महिला प्रहरीसहित आवश्यक जनशक्ति खटाइनेछ ।मेलाको सम्पूर्ण कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयले गर्नेछ भने पशुपति परिसरमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा कमाण्ड पोस्ट स्थापना गरिएको छ ।

उपत्यकाका विभिन्न कार्यालयहरूबाट एकै सिफ्टमा तीन सयभन्दा बढी सशस्त्र प्रहरी खटाइने व्यवस्था गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।दर्शनार्थीलाई सहज बनाउन नेपाल एपीएफ अस्पतालका महिला चिकित्सकसहितको स्वास्थ्यकर्मी टोलीले मेला अवधिभर निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नेछ ।त्यस्तै, सिनामंगलस्थित नं. २० विपद् उद्धार गणको गोताखोर र विपद् उद्धार टोली राम मन्दिर नजिकै बागमती नदी किनारमा आवश्यक सामग्रीसहित वाटर रेस्क्यु सेवामा खटिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यातायात व्यवस्था विभागका निर्देशक मणि भुसालका अनुसार हिजो  मन्त्रीस्तरको निर्णयले सार्वजनिक यातायातमा ५  प्रतिशत भाडा वृद्धि गरिएको हाे  । ‘हिजो मन्त्रीज्यूको निर्देशनमा हामीले अन्तर प्रदेशस्तरीय भाडा ५  प्रतिशत वृद्धि गरेका छौँ ’ उनले भने । यात्रुवाहक र ढुवानीका दुवै सवारीमा ५ प्रतिशतले भाडा वृद्धि भएको छ ।

काठमाडौं । के हुन्थ्यो होला,यदि संसारमा कोही पनि मान्छे कहिल्यै बिरामी पर्दैनथ्यो भने ? यस्ताे परिकल्पना गर्दा मात्रै पनि थुप्रै कुरा हाम्रो दिमागमा आउन सक्छ । तर मानव विकासको इतिहास र वर्तमानलाई हेर्दा त्यो फगत कल्पना मात्रै हो, यथार्थमा सम्भव नै छैन । मान्छे आफ्नो जीवनकालमा पटक-पटक कुनै न कुनै खालको बिरामी परिरहेकै हुन्छ । […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार सुदूरपश्चिम, लुम्बिनी, मधेश र कोशी प्रदेशका केही जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको जनाएको छ । विभागले हावाहुरी सुरु हुने र समाप्त हुने सम्भावित समय नै तोकेर आवश्यक सतर्कता अपनाउन भनेको छ । १६ वैशाख साँझ ५:४५ हुरी चल्न सुरु हुने र १७ वैशाख बिहान ७:४५ […]

error: Content is protected !!