२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

आगामी महानिरीक्षक ठाकुर ज्ञेवाली हुने सम्भावना नयाँ दिआइजीहरुको बढुवाको डौरधूपमा एसएसपीहरु

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं २९ पुस नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल बिदा बस्न नपाउने भएका छन् । सामान्यतया सुरक्षा फौजको प्रमुख अवकाश हुुनुभन्दा एक महिनाअघि बिदामा बसेर भावी नेतृत्वकर्तालाई कायममुकायम दिने प्रचलन हुन्छ । सरकारले प्रहरीमा नयाँ महानिरीक्षकको नाम तय नगर्दा खनाल बिदा बस्न नपाएका हुन् ।
आईजिपीको बढुवामा तसकर, माफिया, बिचौलिया र दलालदेखि खराब पृष्ठभूमि भएका नेता कार्यकर्तासम्म अनेक चलखेलमा लाग्ने गर्दछन् । तर, यसपटकको प्रतिस्पर्धामा त्यस्तो अवस्थ प्रतिस्पर्धा भने देखिएको छैन । ज्ञवाली नै ६ महिनाका लागि आईजिपी हुने धेरै सम्भावना भएकाले पनि अस्वस्थ दौडधुप नभएको हो ।
महानिरीक्षक खनालको कार्यकाल अब एक महिना भन्दा कम छ । त्यसकारण भावी आईजिपीका दाबेदारहरु शक्तिकेन्द्र धाउन थालेका छन् । खनालपछिका आईजिपीका दाबेदारहरु ठाकुर ज्ञवाली र तारिणी लम्साल लामो बिदा नै लिएर दौडधुपमा लागेका छन् । ज्ञवाली प्रदेश नम्बर १ तथा लम्साल सुदुरपश्चिम प्रदेशका प्रमुख छन् । केही दिनयता दुवै जना बिदा लिएर बालुवाटार, खुमलटार धाउन काठमाडौं आएका छन् ।
आईजिपीको बढुवामा तसकर, माफिया, बिचौलिया र दलालदेखि खराब पृष्ठभूमि भएका नेता कार्यकर्तासम्म अनेक चलखेलमा लाग्ने गर्दछन् । तर, यसपटकको प्रतिस्पर्धामा त्यस्तो अवस्थ प्रतिस्पर्धा भने देखिएको छैन । ज्ञवाली नै ६ महिनाका लागि आईजिपी हुने धेरै सम्भावना भएकाले पनि अस्वस्थ दौडधुप नभएको हो । उनी सत्तारुढ दल नेकपासँग राम्रो सम्बन्ध भएका प्रहरी अधिकारी हुन् । लम्साल नेपाली कांग्रेसका नेतासँग निकटता भएका प्रहरी अधिकृत हुन् । दुवै जना ठुलो विवादमा फसेका छैनन् ।
त्यसो त प्रहरी महानिरीक्षक खनाल आफैंले पनि कार्यकाल थप गर्ने प्रयास नगरेका होइनन् । तर, राम्रो प्रतिक्रिया नपाएपछि उनी ब्याक भएका छन् ।
उता, प्रहरीमा रिक्त दर्जनौं पदको बढुवा अन्योलमा परेको छ । डिआईजीसहित सिनियर पदहरु रिक्त छन् । गत साता डिआईजी महेशबिक्रम शाहले अवकाश पाएपछि डिआईजीको एक पद रिक्त भएको छ । जसमा बढुवाका लागि सिनियरदेखि जुनियरसम्म लागेका छन् । सिनियर ब्याचबाट घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, दिलीप चौधरीलगायत छन् । जुनियर ब्याचबाट धिरजप्रताप सिंह, उत्तम सुवेदी, वसन्त कुँवर, वसन्त लामा, रविन्द्र धानुक छन् ।
त्यस्तै राजनीतिक हस्तक्षेपका कारण चितवन एसपीविहिन बन्न पुगेको छ । प्रहरी महानिरीक्षकले सरुवा गरेका गंगा पन्तलाई प्रचण्ड परिवारले अस्वीकार गरेपछि नयाँ एसपीको टुंगो लागेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!