०२ साउन २०८३, शनिबार
18-07-2026 , Sat
×

आगामी महानिरीक्षक ठाकुर ज्ञेवाली हुने सम्भावना नयाँ दिआइजीहरुको बढुवाको डौरधूपमा एसएसपीहरु

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं २९ पुस नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल बिदा बस्न नपाउने भएका छन् । सामान्यतया सुरक्षा फौजको प्रमुख अवकाश हुुनुभन्दा एक महिनाअघि बिदामा बसेर भावी नेतृत्वकर्तालाई कायममुकायम दिने प्रचलन हुन्छ । सरकारले प्रहरीमा नयाँ महानिरीक्षकको नाम तय नगर्दा खनाल बिदा बस्न नपाएका हुन् ।
आईजिपीको बढुवामा तसकर, माफिया, बिचौलिया र दलालदेखि खराब पृष्ठभूमि भएका नेता कार्यकर्तासम्म अनेक चलखेलमा लाग्ने गर्दछन् । तर, यसपटकको प्रतिस्पर्धामा त्यस्तो अवस्थ प्रतिस्पर्धा भने देखिएको छैन । ज्ञवाली नै ६ महिनाका लागि आईजिपी हुने धेरै सम्भावना भएकाले पनि अस्वस्थ दौडधुप नभएको हो ।
महानिरीक्षक खनालको कार्यकाल अब एक महिना भन्दा कम छ । त्यसकारण भावी आईजिपीका दाबेदारहरु शक्तिकेन्द्र धाउन थालेका छन् । खनालपछिका आईजिपीका दाबेदारहरु ठाकुर ज्ञवाली र तारिणी लम्साल लामो बिदा नै लिएर दौडधुपमा लागेका छन् । ज्ञवाली प्रदेश नम्बर १ तथा लम्साल सुदुरपश्चिम प्रदेशका प्रमुख छन् । केही दिनयता दुवै जना बिदा लिएर बालुवाटार, खुमलटार धाउन काठमाडौं आएका छन् ।
आईजिपीको बढुवामा तसकर, माफिया, बिचौलिया र दलालदेखि खराब पृष्ठभूमि भएका नेता कार्यकर्तासम्म अनेक चलखेलमा लाग्ने गर्दछन् । तर, यसपटकको प्रतिस्पर्धामा त्यस्तो अवस्थ प्रतिस्पर्धा भने देखिएको छैन । ज्ञवाली नै ६ महिनाका लागि आईजिपी हुने धेरै सम्भावना भएकाले पनि अस्वस्थ दौडधुप नभएको हो । उनी सत्तारुढ दल नेकपासँग राम्रो सम्बन्ध भएका प्रहरी अधिकारी हुन् । लम्साल नेपाली कांग्रेसका नेतासँग निकटता भएका प्रहरी अधिकृत हुन् । दुवै जना ठुलो विवादमा फसेका छैनन् ।
त्यसो त प्रहरी महानिरीक्षक खनाल आफैंले पनि कार्यकाल थप गर्ने प्रयास नगरेका होइनन् । तर, राम्रो प्रतिक्रिया नपाएपछि उनी ब्याक भएका छन् ।
उता, प्रहरीमा रिक्त दर्जनौं पदको बढुवा अन्योलमा परेको छ । डिआईजीसहित सिनियर पदहरु रिक्त छन् । गत साता डिआईजी महेशबिक्रम शाहले अवकाश पाएपछि डिआईजीको एक पद रिक्त भएको छ । जसमा बढुवाका लागि सिनियरदेखि जुनियरसम्म लागेका छन् । सिनियर ब्याचबाट घनश्याम अर्याल, गणेश ऐर, पुरुषोत्तम कँडेल, वसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की, दिलीप चौधरीलगायत छन् । जुनियर ब्याचबाट धिरजप्रताप सिंह, उत्तम सुवेदी, वसन्त कुँवर, वसन्त लामा, रविन्द्र धानुक छन् ।
त्यस्तै राजनीतिक हस्तक्षेपका कारण चितवन एसपीविहिन बन्न पुगेको छ । प्रहरी महानिरीक्षकले सरुवा गरेका गंगा पन्तलाई प्रचण्ड परिवारले अस्वीकार गरेपछि नयाँ एसपीको टुंगो लागेको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । बारम्बार वा एक्कासि छाती दुख्नुको कारण सामान्यदेखि गम्भीर स्वास्थ्य समस्याको कारणले हुनसक्छ । त्यसैले छातीमा कुनै प्रकृतिको दुखाइ छ भने बेवास्ता गरेर बस्नुहुँदैन । कतिपयले छातीको दुखाइ हुने बित्तिकै मुटुरोग वा हृदयघात हुन लागेको सोच्छन् । हृदयघात बाहेक अन्य रोगहरू जस्तै फोक्सो, पेट, मांसपेशीको समस्या वा मुटुको वरिपरिको तहमा समस्या हुँदा पनि छाती […]

दाङ । चर्चित नायिका मिरुना मगरको जन्मदिनको अवसर पारेर दाङको घोराही उपमहानगरपालिका–१३ स्थित बादी बस्तीका बालबालिकालाई शैक्षिक सामग्री, जुस तथा बिस्कुट वितरण गरिएको छ। पहल थिएटर दाङ र घोराही बनाउँ अभियानको आयोजनामा तथा नेपाल चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशको संयोजनमा दुर्गा भवानी टोलसहित सोही क्षेत्रका अन्य तीन टोलका करिब १५० जना बालबालिकालाई कापी, कलम, पेन्सिल, इरेजर, […]

दाङ । भालुवाङ प्रमुख अतिथि सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी वाहिनी मुख्यालय, रुपन्देहीका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक डिआईजी दिपक अधिकारीको प्रमुख अथितीमा सम्पन्न भएको सो समारोहमा औपचारिक कार्यक्रम ध्वजारोहण, सलामी,शुभकामना मन्तव्य संदेश दिदै उत्कृष्ट कार्यसम्पादन गर्ने गणका अधिकृत तथा जवानलाई प्रशंसा पत्र र पुरस्कार स्थानीय समुदायसँगको सहकार्य, रक्तदान, सरसफाइ डिआईजी अधिकारीबाट सीमा […]

error: Content is protected !!