११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

धनगढीमा ब्राउन सुगर सहित एक युवा २ युवती पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

(एबिसी संचार)
कैलालीको धनगढीबाट ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन्।
धनगढी उपमहानगरपालीका वडा नम्बर ८ मा लागु औषधको कारोबार भईरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिईएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो।
वडा नम्वर १० घर भई वडा नम्वर ८ को बुद्दचोक नजिक डेरा गरी बस्ने २० बर्षीय उमेश धामी, २० बर्षकै उमा चौधरी र १९ बर्षीय असरानी चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए।
उनीहरुको साथबाट ५ सय १० मिलिग्राम ब्राउन सुगर र सेवन गर्न प्रयोग गरेको १० को नोट लगायतका सामान बरामद गरीएको उनले बताए।
कैलाली जिल्ला अदालतबाट ५ दिन म्यादथप गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख एसपी बस्नेतले जानकारी दिनुभएको छ !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

सुनसरी । देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा राति भएको हिंसात्मक झडपका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर एक युवकको मृत्यु तथा थप १० जना गम्भीर घाइते भएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ। बोलबम जाने तयारी भइरहेका बेला डिजे बाजा बजाउने विषयमा दुई समुदायबीच भएको विवादले उग्र रूप लिएपछि हिंसात्मक झडप भएको थियो। त्यसपछि स्थिति नियन्त्रणमा […]

error: Content is protected !!