०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

निरीक्षक रोकायको काम कार्वाही सुरु एक हप्तामा पेस्तोल सहित २ जना पक्राउ

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

(सागर थापा/महेन्द्र सिंह) बाँके ट्राफिक प्रमुख भएर सफल काम गर्न सफल प्रहरी निरीक्षक हिरेन्द्र रोकायाले धनुषा सरुवा भएको सात दिनमै प्रहरी संगठनकै नाम उच्च राख्न सफल भएका छन् ।
स्वचालित पेस्तोलसहित प्रहरी निरीक्षक रोकयाको कमान्डको टोलीले दुई जनालाई पक्राउ गर्न सफल भएको छ। पक्राउ पर्नेमा जनकनन्दनी गाउँपालिका ५ का दुईभाई २६ बर्षिय दिनेश कुमार महतो र १९ बर्षिय शुभकेश महतो रहेको प्रहरी निरीक्षक रोकायाले बताए।
‘मंगलबार बिहान १ बजेको समयमा जनकनन्दनी गाउँपालिका ५ स्थित हरि महतो घर अगाडी केही ब्यक्तिहरुले पेस्तोल पडकाउदै हिडेेको खबर हामीलाई पुग्ना साथ हाम्रो टोली त्यस तर्फ प्रस्थान गर्दा सोही हरि महतोकै छोराहरुले पेस्तोल पडकाएको जानकारी पाएको’ रोकायाले बताए।
प्रहरी निरीक्षक रोकायाका अनुसार प्रहरी आएको खबर पाएर दिनेश र शुभकेश फरार रहेपनि उनीहरु दुबै जनालाई मंगलबार दिउँसो प्रहरीको टोलीले नियन्त्रणमा लिन सफल भएको थियो। नियन्त्रणमा लिएर उनिहरुसगको अनुसन्धान पश्चात् निजहरुको घर भन्दा ५०० मिटर पुर्व माटो र खरानीले छोपेर लुकाइराखेको अवस्थामा नाम नखुलेको एक थान पेस्तोल स्थानियहरुको रोबहरमा बरामद गरिएको रोकायाले बताए।
कम बोल्ने तर काम धेरै गर्ने युवा जोशले भरीभराउ भएका प्रहरी निरीक्षक रोकाय अपराध पुर्ण रुपमा निर्मुल होस् भन्ने प्रहरी अधिकृत हुन्। ‘म कुनै पनि अपराधी र कानुन मिच्ने जो कोहिलाई पनि छोडदैन् र त्यस्तालाई कानुनी दायरामा ल्याएर कारबाहीमा गराउँछु,’रोकायले बताए

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । महेन्द्र राजमार्गको कपिलवस्तु तौलिहवा सडक खण्ड*मा पर्ने एउटा ठाउँ अहिले TikTok/Instagram मा एकदमै भाइरल छ। स्थानीयले त्यसलाई “भाइरल पहाड” वा “Mini Sikkim” भन्छन्। *किन रमाइलो ठाउँ बन्यो?* *1. ठाउँ कुन हो?* कृष्णनगर – तौलिहवा सडकको बीचमा पर्ने *गोरुसिंह/चितवन क्षेत्र* नजिकको डाँडो। ठ्याक्कै पहाड होइन, तर सडकको दुवैतिर लहरै फैलिएका स-साना भिर र हरियाली […]

रुपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजना, प्रहरी महानिरीक्षक दानबहादुर कार्की ज्यूको प्रमुख आतिथ्यतामा लुम्बिनी सांस्कृतिक नगरपालिका-10, महिलावार स्थित लुम्बिनी विकास कोष परिसर। 2. *केको लागि*: 4 वटा गम्भीर सामाजिक मुद्दा – *आत्महत्या, लागु औषध दुव्र्यसन, दुर्व्यसन र सडक दुर्घटना न्यूनीकरण*। 3. *सहभागिता*: प्रहरी मात्र होइन, सुरक्षा निकाय, सरकारी कार्यालय, संघ-संस्था, विद्यार्थी, स्थानीय सबै गरी […]

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

error: Content is protected !!