२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

मन्दिरको अपमान गर्दै प्युठान सिमेन्ट भक्तजन हरुको गुनासो

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६


सागर थापा
दाङ माघ २ रिहार स्थित राम सीता मन्दिर नया टेन्टिङ्ग पेन्टिङ्गले निकै सिंगारिएको छ । मन्दिर भित्र राम, सीता र हनुमानका मुर्ती राखिएको छ भने बाहिर भित्तामा ठूलो-ठुला अक्षरमा प्युठान सिमेन्ट लेखेर सजाईएको छ । धार्मिक क्षत्र, त्यहीमाथी हरेकको अास्था बोकेको रामसीता मन्दिरमा सिमेन्टको बिज्ञापन अति सुहाउँदो छ । महेन्द्र राजमार्गदेखी दक्षिण साईडमा छ रामसीता मन्दिर । त्यस मन्दिरमा पुजापाठका लागि अाउने भक्तजनहरु भन्छन मन्दिरमा सिमेन्टको प्रचार सुहाएन ।
यो त भगवान र मदिराको अपमान हो भन्दै थिए माघी पर्बमा त्यहाँ मानिसको हुल अत्यधिक हुने भएकाले कम्पनीले अाफ्नो सिमेन्टको प्रचार प्रसारका लागि टेन्टिङ्ग पेन्टिङ्ग गरेको स्थानिय बताउँछन् । त्यसो त प्युठान सिमेन्टले सडक छेउँका हरेक बसप्रतिक्षा लयमा रँगरोगन गरिदिएको छ । रिहारको रामसीता मन्दिरमा पनि प्युठान सीमेन्टले पौषको १४ गते रँगरोगन गरिदिएको हो । धार्मिक क्षत्रमा सिमेन्टको बिज्ञापन नसुहाएको रिहारमेला ब्यबस्थापन समितिका सदस्य मानसिँह वलीले बताए । वलीले रँगरोगनको बारे अाफुलाई कुनै जानकारी नभएको बताए । पौष २३ गते वडाध्यक्ष रमेश केसीको अध्यक्षता मेला ब्यबस्थापन समिति गठन गरिएपनि त्यो भन्दा अघि बगारबाबा धार्मिक बिकाश क्षत्रले काम गर्दै अाएको थियो । बिकाश क्षत्रका अध्यक्ष मेघसिँह पछाईँ सँग रँगरोगनको बारे कुरा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!