२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शुक्रबार अधितम तापक्रम घट्ने शीतलहर लाग्ने धेरै सम्भावना

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी संचार ब्युरो)
पश्चिमी न्यून चापिय वायुका कारण बिहीबार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा भएको छ। बुधबार मुलुकको पश्चिमी क्षेत्रमा वर्षा भएको थियो।
बिहीबार मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात समेत भयो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइसकेको छ ।पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले शुक्रबारसम्म पानी पर्ने सम्भावना छ । यद्यपि, झरी भने नहुने जनाइएको छ। देशभरिकै मौसम शुक्रबार रातिसम्म पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन्।
तराईमा फेरि हुस्सु र कुहिरो लाग्न सक्ने र फलतः शुक्रबार र शनिबार अधिकतम तापक्रम घट्ने महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]