२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

शुक्रबार अधितम तापक्रम घट्ने शीतलहर लाग्ने धेरै सम्भावना

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी संचार ब्युरो)
पश्चिमी न्यून चापिय वायुका कारण बिहीबार काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा वर्षा भएको छ। बुधबार मुलुकको पश्चिमी क्षेत्रमा वर्षा भएको थियो।
बिहीबार मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात समेत भयो।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको यो प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइसकेको छ ।पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले शुक्रबारसम्म पानी पर्ने सम्भावना छ । यद्यपि, झरी भने नहुने जनाइएको छ। देशभरिकै मौसम शुक्रबार रातिसम्म पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना रहेको मौसमविद्हरुले जनाएका छन्।
तराईमा फेरि हुस्सु र कुहिरो लाग्न सक्ने र फलतः शुक्रबार र शनिबार अधिकतम तापक्रम घट्ने महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]