३१ आषाढ २०८३, बुधबार
15-07-2026 , Wed
×

बाँके प्रहरीले ६ महिनामा ११ सय ५६ मुदा दर्ता लागूऔषधको मुद्दा धेरै

Logo
प्रकाशित शनिबार, माघ ०४, २०७६

(सागर थापा/महेन्द्र सिंह)
बाँके माघ ४ जिल्ला प्रहरी कार्यलय बाँकेको अर्धवार्षिक समिक्षा कार्यक्रम बाँके प्रहरीले अर्धवार्षिक समिक्षा कार्यक्रम गरेको छ । प्रहरी कार्यलय बाँकेले पत्रकार सम्मेलन गरी आफुले गरेको कामको समिक्षा गरेको हो । सम्मेलनमा नेपाल प्रहरीले घोषणा गरेको पांच वर्षिय अपराध तालिका अनुसार आफुहरुले काम गर्दै आएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै लागू औषध ब्युरो प्रमुख बाँकेका प्रहरी प्रमुख एसपी बिर बहादुर वलीले गत वर्ष १ हजार २१ वटा मुद्दा र्दता भएकोमा यस वर्ष भने १ हजार ५६ वटा मुद्दा दर्ता भएको बताए । बाँके प्रहरीले चुनौतिको रुपमा रहेको लागु औेषध १३ प्रतिशतले कमी भएको समेत जनाएको छ । बालबिबाहका घटनहरुदर्ता हुन नसकेको र जबरजस्ति घटनाका मुद्दा दर्तामा बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपि बिर बहादुर वलीले बताए ।
प्रहरीले आर्थिक वर्ष २०७१ देखी २०७५ सम्म विभिन्न ६१ वटा शिर्षकमा दर्ता भएका अपराधको तालिका सार्वजनिक गरेको थियो । सार्वजनिक तालिका अनुसार२०७०/ ०७१ मा ७३८, २०७१/०७२ मा ७३५,२०७२/०७३ मा ८५५, २०७३/०७४ मा १०२१ र २०७४/७५ मा ११५६ वटा मुद्दा दर्ता भएका छन । दर्ता भएका मुद्धामध्य सबैभन्दा बढि लागु औषधमा २ सय ४९, सार्वजनिक शान्ती विरुद्धको कसुरमा १ सय ४९ र बैंकिङ कसुरमा १ सय २२ जना रहेका छन ।
त्यसैगरी चालु आर्थिक वर्षको पुष मसान्तसम्म ६२३ मुद्दा दर्ता भएकोमा ५ सय ६९ मुद्धा फर्स्यौट भएको र बाँकी ५४ वटा मुद्धा अनुसन्धानको क्रममा रहेको बाँकेका प्रमुख प्रहरी उपरिक्षक वलीले जानकारी दिए । वलीका अनुसार चालु आर्थिक वर्षको छ महिनामा विभिन्न मुद्धामा ८०६ जना पक्राउ परेका छन ।
यस अवधिमा ज्यान मार्ने उद्योग अन्तर्गत १८, कर्तब्य ज्यान मुद्धामा ६, लागु औषध मुद्धामा १ सय ८, जवरजस्ती करणीमा २७, जवरजस्ती करणी उद्योगमा ७, बैंकिंङ कसुरमा ६ र हातहतीयार खजानामा ४ जना बिरुद्ध मुद्धा दर्ता गरीएको छ ।
ट्राफिक कारबाही लाई चुस्त दुरुस्त पार्न बाँकेको बिभिन्न ठाउँमा सिसि क्यामारा जडान गरियको र दुर्घटनामा कमि ल्याउने र दुर्घटना गरेर भाग्ने गाडीहरु लाई कार्वाही गर्न सजिलो हुने जनायको छ ।जस अन्तर्गत ट्राफिक नियम उल्लङ्घन गरी सवारी चलाउने बाट ०७६/०७७मा १२६५० सवारी साधनमाथि कारबाही गरियको छ भने ६९ लाख ९ हजार राजस्व सङ्कलन गरियको छ ।
यसै संगै बाँके प्रहरीको प्रमुखको जिम्मेवारी सम्माहालेको ६ महिना पुगे को अबसरमा समिक्षा कार्याक्रमको आयोजना गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रतिनिधि सभा सदस्य माननीय साजिदा सिद्धिकी ज्युका भाइ सादिक अलि सिद्धिकी (शालु)को निधनको खबर सुनेर साँच्चै मन दुखेको छ। अल्लाह तआलाले मरहूम शालु भाइलाई जन्नतुल फिरदौसमा आला मुकाम नसीब गरून्। कब्रलाई नूरले भरिदिउन् र परिवारलाई यो ठूलो दुःख सहने हिम्मत र सब्र प्रदान गरून्। यस्तो कठिन घडीमा माननीयज्यू र सम्पूर्ण शोकसन्तप्त परिवारजनप्रति हार्दिक […]

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, *न्यूयोर्क*मा यही अप्रिल २०२६ मा सम्पन्न भएको *पाँचौँ “United Nations Chiefs of Police Summit – UNCOPS 2026″* मा सहभागिता जनाएर सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक *नारायण दत्त पौडेल आज स्वदेश फर्कनुभएको छ। *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल*मा उहाँलाई सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षकहरू तथा वरिष्ठ अधिकृतहरूले स्वागत गर्नुभएको थियो। *UNCOPS […]

दाङ । राप्ती-५ पहडवाको श्री बालकल्याण आधारभूत विद्यालयमा ४ वटा स्याल करेन्ट लागेर मृत्यु रातिको समयमा विद्यालय प्राङ्गणमा रहेको *तार नटागिएको बिजुलीको पोल* ढल्न गयो। त्यसबाट छुट्टिएको बिजुलीको तारमा करेन्ट प्रवाह भइरहेको अवस्थामा चर्न आएका *४ वटा जङ्गली स्याल*लाई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको छ। रातिको समय भएकाले ठूलो मानवीय क्षति भने हुन पाएन। खुला […]

error: Content is protected !!