२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

दाङमा शनिबार क्रान्तिकारी माओवादीको भेला तथा प्रशिक्षण

Logo
प्रकाशित आइतबार, माघ ०५, २०७६

(ईश्वर गैरे)
दाङ नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) दाङ जिल्ला समितिको आयोजनामा शनिबार भेला तथा प्रशिक्षण कार्यक्रम भएको छ ।
पार्टीको जिल्ला सेक्रेटरी सरलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ५ सेक्रेटरी कमरेड प्रमोदले राष्ट्र अहिले गम्भीर सङ्कटमा परेको हुँदा देशभक्त शक्तिहरु मिलेर खबरदारी र आन्दोलनमा उत्रनु पर्नेमा जोड दिए ।
उनले भारतीय पक्षले अतिक्रम गरेको भूमि फिर्ताको लागि र हालै सरकारले अमेरिकासँग गर्न लागेको एमसीसीका बिरुद्धमा सम्पूर्ण जनतालाई गोलबन्द गरि आन्दोलनको आँधी बेहरी सृजना गर्नुपर्ने बताए ।
पार्टीले कालापानी जाआंै अभियान समेत ल्याएको बताउँदै प्रशिक्षणमा सहभागी कार्यकर्तालाई केन्द्रीय योजना सफल पार्न तयारीका साथ अगाडि बढ्न निर्देशन समेत दिए ।
त्यसैगरी अर्कावक्ता नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज समीरले सीमा अतिक्रमणको बिषयमा गतबर्ष मेचीमहाकाली अभियान लगेर जनताको बीचमा गएको त्यस बेला मानिसहरुले विश्वास नगरेको र अहिले भारतीय पक्षले नेपालको भूभाग लिपुलेक, कालापानी र लिम्पुवाधुरा समेत गाभेर नक्सा जारी गरेपछि मात्र सिङ्गो देश अहिले जुरुक्क उठेको बताए ।
उनले भने – हाम्रा दुई बर्ष अगाडि देखिको आन्दोलन सत्य थियोे भन्नेकुरा पुष्टि भएको छ अबको भरोसा गर्ने पार्टी (क्रान्तिकारी माओबाद) हो भन्ने चर्चा समेत राष्ट्रिय स्तरमा भइरहेको छ जसले गर्दा पार्टीको योजना सफल पार्न दाङ जिल्ला पार्टी गाउँ गाउँमा जानु पर्ने बेला आएको छ ।
जिल्ला सक्रेटरी सरलले जिल्लाको संगठनको अवस्था र हामीले गर्ने पर्ने कामका बिषयमा प्रशिक्षण दिएका थिए भने स्वागत मन्तब्य अजयले राखेका थिए ।
कार्यक्रम परिवर्तनको सञ्चालनमा भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]