२० आश्विन २०८३, मंगलबार
06-10-2026 , Tue
×

पोखरा यातायातमा अख्तियारको स्टिङ्ग अप्रेसन सेटिङ गर्ने कर्मचारीको खोजी

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(एबिसी संचार)
पोखरा माघ ७ पोखराको यातायात ब्यवस्था कार्यालयमा सवारी चालक अनुमति पत्र वितरणमा सेटिङ भएको भन्दै अख्तियार पोखराले मंसिर र पुस २ महिनाको फाइल तानेर दर्ता गरेको छ । अख्तियारले यातायात ब्यवस्था कार्यालय लाइसेन्स शाखामा पनि लाखौ रुपैयाँ घुस लेनदेन सहित सेटिङ गरेर परिक्षामा पास गराइने गरेको रहस्य पनि खुलेको छ ।
यातायात ब्यवस्था कार्यालय लाइसेन्स शाखा पोखरामा गत दुई महिनामा धेरैको लाइसेन्समा अनियमितता भएको भन्दै अख्तियार कार्यालय पोखराले फाइल तानेको हो । अख्तियार श्रोतका अनुसार गत २ महिनामा करीब ५० वटा भन्दा बढि लाइसेन्स बनाउन आर्थिक चलखेल गर्दै लाइसेन्स वितरण गरेको प्रारम्भिक अनुमान गरिएको छ ।
लाइसेन्स बनाउँदा बिचौलियाको माध्यमबाट पैसाको कारोवार हुने तथा लाखौ रुपैया असुलेर लाइसेन्स बाँडेको आरोप यातायात कार्यालयलाई लागेको छ । दोष कस्को हो ? र कसरी आफु उम्कीन सकिन्छ भनेर कर्मचारीहरु जुक्त्ती लगाइरहेको केही कर्मचारीहरुले नाम नबताउने शर्तमा न्युज २४ टिमलाई बताए ।
यातायात कार्उालयका निमित्त कार्यालय प्रमुख हरि प्रसाद गौतमका अनुसार आफ्नो ९ महिने कार्यकालमा कुनै त्यस्तै गलत कार्य नभएको जिकिर गरेका छन् । उनले आफुलाई त्यस्तो सुचना आएमा मातहतका कर्मचारीलाई कारवाही गर्ने बताए ।
लाइसेन्सको लिखित तथा ट्रायलका लागि यातायात ब्यवस्था कार्यालय र सघीय ट्राफिक प्रहरी कार्यालयको उपस्थीतिमा परिक्षा गराइन्छ । यसरी गरिएको परीक्षामा आर्थिक चलखेल गरेर बिचौलियाको सेटिङमा यातायात कार्यालयका कर्मचारी र ट्राफिकको संलग्नता हुनसक्ने आशंका गरिएको छ । गत मंसिर र पुसमा भएको परिक्षाको रेकर्ड र उतिर्ण संख्या हेर्ने हो भने करिव ५० वटा लाइसेन्समा अनियमितता भएको श्रोतको दाबी छ ।
उक्त परिक्षाको सेटिङमा प्रति लाइसेन्स ३० हजारदेखि पचास हजारसम्म लिने गरेको नाम नखुलाउने शर्तमा सेवाग्राही नै बताउँछन् । परीक्षामा नै अख्तियारका केही कर्मचारीको मिलेमतो रहने गरेको आरोप अख्तियारलाई पनि लागेको छ । पछिल्लो केही महिना यता अख्तिायारमा पैसा लिने कर्मचारीको खोजी स्वयं अख्तियार कार्यालयले नै गरिरहेको छ । यो बर्ष कार्यालयमा सेटिङ नभएको र हालका अख्तियार प्रमुख र अख्तियारका डिएसपीले भ्रष्टाचारलाई कडाइ गरेका कारण मिलेमतोको घटना बाहिर आएको हो ।
हेभि भेहिकल तथा साना ठुला हरेक सवारी साधनको लाइसेन्समा सेटिङ गरिरहेको बेला यातायात कार्यालय पोखराका कर्मचारी तथा ट्राफिक प्रहरी समातिएको घटना सेलाउन नपाउँदै फेरी अख्तियारले कागजपत्र तानेको छ ।
यदि यो बिषयमा अख्तियारले शुक्ष्म अनुसन्धान गर्न सफल भयो भने यातायात कार्यालय पोखराका ७० प्रतिशत कर्मचारी यसमा संलग्न भएको पुष्टि हुने आशंका गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । सहायता कक्षको सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले शुभारम्भ गरे। चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना लागू गरेर जिल्लाको सुरक्षा व्यवस्था मजबुत पारिएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए। भारतबाट चाडपर्व मनाउन घर फर्किने नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पु¥याउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रिय रहेको उनले बताए।नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर […]

काठमाडौं । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज दाहाल निलम्बित भएका छन्। सरकारले एआईजी दाहाललाई गम्भीर सूचना चुहाएको आरोपमा निलम्बित गरेको हो। उनीमाथि छानबिन पनि सुरु गरिएको छ। एआईजी दाहालमाथि छानबिन गर्न सरकारले समिति पनि गठन गरेको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।

विभिन्न सिर्जनशील कार्यक्रम गर्दै विश्व फार्मेसिस्ट दिवसको साताव्यापी कार्यक्रम सम्पन्न औषधिको सुरक्षित र तर्कसंगत प्रयोगबारे नागरिकमा सचेतना आवश्यक : प्रियासन दाङ, । विश्व फार्मेसिस्ट दिवस–२०२६ को अवसरमा नेपाल फार्मेसी सङ्घ दाङ शाखाले आयोजना गरेको साताव्यापी कार्यक्रम विभिन्न सिर्जनशील, जनचेतनामूलक तथा सामाजिक गतिविधिसहित सम्पन्न भएको छ। फार्मेसी क्षेत्रको योगदान, औषधिको सुरक्षित तथा प्रभावकारी प्रयोग र स्वास्थ्य […]