२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अनलाइन ठगीमा संलग्न ३ जना पक्राउ, १० करोड भन्दा बढीको अवैध कारोबार

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक २९, २०८२

पर्सा । अनलाइन ठगीमा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२९ मुसैली बस्ने ३५ वर्षीय कृष्णा प्रसाद साह, १४ वर्षीय बालक र बारा विश्रामपुर गाउँपालिका-१ बस्ने २१ वर्षीय राहुल मण्डल रहेका छन्।

वीरगञ्ज महानगरपालिका-८ बाट सर्वसाधारणहरूलाई विभिन्न प्रलोभन तथा झुक्यानमा पारी विभिन्न बैंकहरूको ‘मनी मोल एकाउन्ट’ खोलाई उक्त खाताहरूमा सामाजिक सञ्जालमार्फत फिशिङ, ओटिपी फ्रड, जब स्क्याम तथा फेक अनलाइन बिजनेश स्क्याम र एआईबाट विभिन्न कम्पनीको कागजात बनाई सामानहरूको अडर बिल बनाएर ठगी गर्ने कार्यमा उनीहरू संलग्न थिए।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई ४३ थान एटिएम कार्डसहित पक्राउ गरेको हो। अनुसन्धानको क्रममा उनीहरूले विभिन्न व्यक्तिको बैंक खाता र डिजिटल वालेटहरू प्रयोग गरी करिब १० करोडभन्दा बढीको अवैध कारोबार गरेको खुल्न आएको छ।उनीहरूउपर बैंकिङ कसूर मुद्दामा जिल्ला अदालत पर्साबाट ३ दिनको म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]