१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

१५ वर्ष अघि बितेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि सुरक्षाकर्मी खटाएर दुरुपयोग,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । सरकारले सन्न्यासी मात्रै होइन, मृतकका नाममा समेत सुरक्षाकर्मी खटाएर दुरुपयोग गरेको खुलेको छ ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मृत्यु भएको १५ वर्ष बितिसक्दा पनि उनकै नाममा सशस्त्रका एक सुरक्षाकर्मी खटाएको गृहको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, दिवंगत भइसकेका पूर्वगृहमन्त्री खुमबहादुर खड्काको सुरक्षाका नाममा पनि सशस्त्रका एक सुरक्षाकर्मी परिचालन गरिएका थिए । खड्काको ०७४ मै मृत्यु भएको थियो । दुवै मृतकको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई वर्तमान सरकारले फिर्ता गरेको छ ।

गृहका सूचना अधिकारी आचार्यले भने, ‘खुमबहादुर खड्काको नाममा त थाहा भएन, तर कृष्णप्रसाद भट्टराईको नाममा भने सुरक्षाकर्मी परिचालन भएको रहेछ । ललितपुरको बाडेगाउँमा उहाँको आश्रम रहेछ । सोही आश्रममा ती सुरक्षाकर्मी खटिने गरेको सूचना प्राप्त भयो, अहिले फिर्ता गरिसकिएको छ ।’

राजनीतिक दलका कार्यकर्तालाई समेत सुरक्षाकर्मी उपलब्ध गराएर दुरुपयोग गरेको भेटिएपछि सरकारले फिर्ता गरेको छ । कपिलवस्तु निर्वाचन क्षेत्र २ (क) बाट ०७९ मा चुनाव उठेका बिक्रमसिंह थापा नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । उनी पछिल्ला दिन कांग्रेसबाट राजनीति गर्दै आएका छन् । उनको सुरक्षाका नाममा नेपाल प्रहरीका एक सुरक्षाकर्मी परिचालन गरिएको थियो , नयाँ पत्रिका दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

error: Content is protected !!