१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

१५ वर्ष अघि बितेका पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई पनि सुरक्षाकर्मी खटाएर दुरुपयोग,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । सरकारले सन्न्यासी मात्रै होइन, मृतकका नाममा समेत सुरक्षाकर्मी खटाएर दुरुपयोग गरेको खुलेको छ ।

पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मृत्यु भएको १५ वर्ष बितिसक्दा पनि उनकै नाममा सशस्त्रका एक सुरक्षाकर्मी खटाएको गृहको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, दिवंगत भइसकेका पूर्वगृहमन्त्री खुमबहादुर खड्काको सुरक्षाका नाममा पनि सशस्त्रका एक सुरक्षाकर्मी परिचालन गरिएका थिए । खड्काको ०७४ मै मृत्यु भएको थियो । दुवै मृतकको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई वर्तमान सरकारले फिर्ता गरेको छ ।

गृहका सूचना अधिकारी आचार्यले भने, ‘खुमबहादुर खड्काको नाममा त थाहा भएन, तर कृष्णप्रसाद भट्टराईको नाममा भने सुरक्षाकर्मी परिचालन भएको रहेछ । ललितपुरको बाडेगाउँमा उहाँको आश्रम रहेछ । सोही आश्रममा ती सुरक्षाकर्मी खटिने गरेको सूचना प्राप्त भयो, अहिले फिर्ता गरिसकिएको छ ।’

राजनीतिक दलका कार्यकर्तालाई समेत सुरक्षाकर्मी उपलब्ध गराएर दुरुपयोग गरेको भेटिएपछि सरकारले फिर्ता गरेको छ । कपिलवस्तु निर्वाचन क्षेत्र २ (क) बाट ०७९ मा चुनाव उठेका बिक्रमसिंह थापा नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । उनी पछिल्ला दिन कांग्रेसबाट राजनीति गर्दै आएका छन् । उनको सुरक्षाका नाममा नेपाल प्रहरीका एक सुरक्षाकर्मी परिचालन गरिएको थियो , नयाँ पत्रिका दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!