१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

जेनजी आन्दोलनमा पक्राउलाई यातना दिएको उजुरीपछि राष्ट्रिय मानवअधिकार आयोगद्वारा प्रहरी हिरासत अनुगमन

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

काठमाडौं । जेनजी युवाको प्रदर्शनमा सहभागीहरुलाई नियन्त्रणमा लिएर यातना दिएको र दुर्व्यवहार गरेको गुनासोपछि राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी हिरासतको निरीक्षण गर्ने भएको छ ।

आयोगले गत विहीबार र शुक्रबार हिरासतहरुको निरीक्षण गरेको हो । निरीक्षणको रिपोर्ट भने सार्वजनिक हुन बाँकी छ ।

आयोगका प्रवक्ता टीकाराम पोखरेलले अनलाइनखबरसँग भने, ‘विहीबार र शुक्रबारको निरीक्षणमा के पाइयो भन्ने कुरा मैले बुझ्न पाएको छैन । आज म बुझ्छु ।’

गत भदौ २३ र २४ गते भएको जेनजी युवाको प्रदर्शनको क्रममा हिंसात्मक घटना भएको थियो । आन्दोलमा ७६ जनाको मृत्यु भएको थियो । सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, प्रहरी कार्यालयसहितका सरकारी, निजी संरचनामा आगजनी, लुटपाट र तोडफोड भएको थियो

हिंसात्मक घटनामा संलग्नहरुलाई प्रहरीले खोज्ने र पक्राउ गर्ने काम गर्दै आएको छ । पक्राउ परेकाहरुलाई हिरासतमा यातना दिइएको उजुरी आयोगमा परेपछि आयोगले त्यसमा चासो राख्दै अनुगमन गरेको हो ।

आयोगले जेनजी पुस्ताको आन्दोलनको भएका मानवअधिकार उल्लंघनका घटनाको अनुसन्धान पनि गरिरहेको जनाएको छ । आयोगले मानव उल्लंघन घटनाका श्रव्यदृष्य सामग्री (भिडियो), कागजात वा अन्य प्रमाणभए उपलब्ध गराइदिन अनुरोधसमेत गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

error: Content is protected !!