०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

किताब लेख्नको लागि गुण्डुमै बस्न पुर्व प्रधानमन्त्री ओलीको पत्रकार प्रियासनलाई आग्रह

Logo
Abc Sanchar प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

काठमाडौँ l नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीले भक्तपुरको गुण्डु क्षेत्र अति नै रमणीय वातावरणीय हिसाबले पनि उत्कृष्ट, यहाँबाट विभिन्न हिमालहरु देखिने भएका कारण किताबहरू लेख्न, कविता लेख्नका लागि गुण्डुमा बस्न आग्रह गर्नुभयो l प्रेस चौतारी नेपालको अगुवाइमा आइतबार गुण्डुमा ओलीलाई भेट्न गएको समयमा उहाँले यस्तो बताउनु भएको हो । गुण्डु क्षेत्र सबैले सोचेभन्दा पनि राम्रो भएका कारण यहाँ बसेर नयाँ कविता, नयाँ किताबहरु लेख्न सकिने र त्यसको लागि आफूले खान बस्नको समेत व्यवस्था गरिदिने बताउनुभयो । प्रेस चौतारीका निवर्तमान उपाध्यक्ष समेत रहनुभएका उपन्यासकार सबिन प्रियासनले आफूले प्रकाशन गरेको कडी र कालो मन उपन्यास र मङ्सिर महिनामा प्रकाशन गर्न लागिरहेको नयाँ लुगा उपन्यासको पाण्डुलिपि दिएपछि उक्त पुस्तकहरु हेर्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उपन्यासकार प्रियासन नेपाल पत्रकार महासङ्घको केन्द्रीय सचिव हुनुहुन्छ भने उहाँ नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका उपन्यासकार हुनुहुन्छ। सो अवसरमा प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश पाण्डे, निवर्तमान अध्यक्ष गणेश बस्नेतलगायतको पत्रकारहरूको टोली सहभागी भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!