२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके प्रहरीले मसाज र खाजा घरहरूमा अवैध तथा गैर व्यवसायिक क्रियाकलापमा संलग्न १८ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, कार्तिक ३०, २०८२

बाँके । जिल्लामा सञ्चालन भइरहेका विभिन्न स्पा, मसाज सेन्टर तथा खाजा घरहरूमा गरिएको सयुंक्त अनुगमनका क्रममा अवैध तथा गैर–व्यवसायिक क्रियाकलापमा संलग्न १८ जना पक्राउ परेका छन्।

आइतबार नेपालगन्ज र कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा प्रहरीले गरेको आकस्मिक अनुगमनका क्रममा सम्बन्धित व्यवसायका सञ्चालकसहित ११ जना महिला र ७ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।

अनुगमनका क्रममा सेवाग्राहीको नाममा चलाइएका संरचनाभित्र नियमविपरीत हुने गतिविधि, दर्ता नवीकरणमा लापरबाही, लाइसेन्समा उल्लेखित सेवाभन्दा फरक सेवा प्रदान गरिएको जस्ता अनियमितता भेटिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेकाको पहिचान खुलाइएको छैन। उनीहरू सबैमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता, प्रहरी नायब उपरीक्षक डिएसपी दिपक पातलीले बताए ।

प्रहरीका अनुसार अनुगमन र नियन्त्रण प्रक्रिया आगामी दिनमा पनि कडाइका साथ सञ्चालन गरिनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]