बाँके । जिल्लामा सञ्चालन भइरहेका विभिन्न स्पा, मसाज सेन्टर तथा खाजा घरहरूमा गरिएको सयुंक्त अनुगमनका क्रममा अवैध तथा गैर–व्यवसायिक क्रियाकलापमा संलग्न १८ जना पक्राउ परेका छन्।
आइतबार नेपालगन्ज र कोहलपुर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा प्रहरीले गरेको आकस्मिक अनुगमनका क्रममा सम्बन्धित व्यवसायका सञ्चालकसहित ११ जना महिला र ७ जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ।
अनुगमनका क्रममा सेवाग्राहीको नाममा चलाइएका संरचनाभित्र नियमविपरीत हुने गतिविधि, दर्ता नवीकरणमा लापरबाही, लाइसेन्समा उल्लेखित सेवाभन्दा फरक सेवा प्रदान गरिएको जस्ता अनियमितता भेटिएको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाको पहिचान खुलाइएको छैन। उनीहरू सबैमाथि आवश्यक कानुनी कारबाहीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी तथा प्रवक्ता, प्रहरी नायब उपरीक्षक डिएसपी दिपक पातलीले बताए ।
प्रहरीका अनुसार अनुगमन र नियन्त्रण प्रक्रिया आगामी दिनमा पनि कडाइका साथ सञ्चालन गरिनेछ ।