२७ आश्विन २०८१, आइतबार
13-10-2024 , Sun
×

प्रदेश प्रहरीले २१ किलो पाँचऔले जडीबुटीसहित एक युवक पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

सागर थापा (क्राईमबिट) बाँके माघ ७ पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुर अन्तर्गतको प्रहरी अनुसन्धान व्युरोले बाँकेको कोहलपुरबाट प्रतिबन्धित जडीबुटीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्दन नाथ नगरपालिका वडा नं ९ का २१ बर्षीय जगत ढकाल रहेका छन् । उनलाई ५ नम्बर अनुसन्धान व्युरो प्रमुख प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको कमान्डको प्रहरी टोलीले सोमबार दिउँसो २ बजे कोहलपुर ११ बाट पक्राउ गरेको हो। उनको साथबाट प्रहरीले २१ किलो पाँचऔले जडीबुटी बरामद गरेको पाँच नम्बर प्रदेश प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । देशभरबाट कैदीबन्दीले टीका लगाएको कारागारका प्रमुख नारायण अधिकारीले जानकारी दिए । उनले भने, “दुई सय ३७ जना आफन्तजनले कैदी बन्दीसँग भेट गर्दै दसैँ मनाएका छन् । दसैँ मनाउन पाउँदा कैदी बन्दी खुसी भएका छन् ।’’ विभिन्न अपराधमा सजाय भोग्न कारागारमा रहेका कैदीबन्दीले आफन्तसँग टीका लगाउन पाउँदा खुसी व्यक्त गरेको अधिकारीले उल्लेख गरे […]

भन्सार अगाडिको ब्यारियर जमुनाहा नाकामा सारिए पछि स्थानीयलाई रातिको समयमा आवागमनमा सहज बाँके । नेपालगन्जस्थित पुरानो भन्सार कार्यालय अगाडि रहेको ब्यारियर राति १० बजेपछि बन्द गरिंदा जमुनाहा नाका वरिपरि र पिप्रहवा लगायतका क्षेत्रमा बसोबास गर्ने नेपालीलाई रातिको समयमा नेपालभित्रै आवागमन गर्न समस्या भएको थियो । भन्सार कार्यालय नयाँ निर्माण गरिएको आइसीपीमा सारिसकिएको हुँदा स्थानीयको मागलाई […]

  बाँके । विजयादशमीको घटनास्थापनादेखि शुरु भएको रामलिला महोत्सवको १०औँ दिन शनिबार दिउँसो भव्य मेलामा रावण बध गर्न लागिएको रामलिला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले बताउनुभयो । उहाँले यस वर्ष आयोजना गरिएको १५७ औँ रामलिला महा महोत्सवमा शनिबार कुम्भकर्ण, मेघनाथ र रावण बध गरिने कार्यक्रम रहेको बताउनुभयो । अध्यक्ष कनोडियाका अनुसार रामलिला सञ्चालक समितिद्वारा आयोजित महामहोत्सव […]

error: Content is protected !!