२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

झडप पछी लगाएको कर्फ्यू उल्लङ्घन गर्दै सिमरा बजार क्षेत्रमा युवाको प्रदर्शन जारी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर ०३, २०८२

बारा । स्थानीय प्रशासनले जारी गरेको कर्फ्यू आदेशलाई अवज्ञा गर्दै बाराको सिमरामा युवाहरूले विरोध प्रदर्शनजारी राखेका छन्।

नेकपा एमालेका नेता–कार्यकर्ता र जेनजी युवाबीच बढ्दो तनावका कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले बुधबार दिउँसो १२:३० बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो।

आदेश अनुसार गण्डक नहरदेखि पथलैया सडकखण्डसम्म दायाँ–बायाँ ५ सय मिटर क्षेत्र र सिमरा विमानस्थल आसपास ५ सय मिटर भित्र भेला, जुलुस, प्रदर्शन तथा कुनै पनि सामूहिक गतिविधिमा प्रतिबन्ध लगाइएको छ।

तर सिमराको मुख्य बजार क्षेत्रमा युवाहरू ठूलो संख्यामा भेला भई नाराबाजीसहित प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको छ। सुरक्षाकर्मीहरूले निरन्तर माइकिङ गर्दै प्रदर्शन रोक्न र घर फर्कन आग्रह गरिरहेका छन्।

बिहान सिमरा चोकमा एमाले कार्यकर्ताद्वारा जेनजी अगुवा सम्राट उपाध्यायमाथि गरिएको हातपातपछि स्थिति चर्किएको हो। एमालेले परवानीपुरमा मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको र त्यसका लागि काठमाडौंबाट एमाले उपाध्यक्ष शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेत बारातर्फ आउन लागेको बताएका थिए।

उपाध्यायले मंगलबार सामाजिक सञ्जालमार्फत् कार्यक्रम असफल पार्ने उद्देश्यले शान्तिपूर्ण विरोधको आह्वान गरेका थिए। यही विषयलाई लिएर बुधबार बिहानै उपाध्यायमाथि भएको हातपातपछि आन्दोलित युवाहरू विमानस्थल क्षेत्रतर्फ पुगेका थिए।

नेताहरू विमानस्थल भित्र प्रवेश गरेपछि जेनजी युवाहरूले मुख्य गेट भत्काई विमानस्थल परिसरमा प्रवेश गर्ने प्रयास गरेका थिए। उनीहरूले ढुंगा तथा सिसाका बोतल प्रहार गर्दै नाराबाजी गरेपछि प्रहरीले अश्रुग्यास प्रहार र लाठीचार्ज गरेको थियो। त्यसक्रममा दुवै पक्षबीच झडप पनि भएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।