०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

नेकपा एमालेका नेता महेश बस्नेतले मङ्सिर ६ गते एमालेले गर्ने प्रदर्शनले सरकार ढाल्ने दावी

Logo
ABC-Sanchar प्रकाशित बुधबार, मंसिर ०३, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आगामी ६ गते एमालेले गर्ने प्रदर्शनले सरकार ढाल्ने दावी गरेका छन् । उपत्यकास्तरको ठूलो सभा ११ गते भृकुटी मण्डपमा गर्ने उनले बताए ।

आज सिमरा जान नपाएपछि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बस्नेतले अध्यक्ष केपी ओलीको उपस्थितिमा युथ भोलेन्टियर्स फोर्स गठन हुने जानकारी दिए ।

उनले भने, ‘माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरिन्छ । कार्की बैंक्वैटमा अध्यक्षज्यूलाई बोलाएर युथ भोलेन्टियर्स घोषणा हुन्छ । ६ गतेको सभा व्यापक सफल भएपछि सुशील आमैले राजीनामा दिनुपर्छ भन्ने उनलाई थाहा छ ।’

अवैधानिक सरकार जरैदेखि हल्लिसकेको बस्नेतले दाबी गरे ।

उनले थपे, ‘यो अवैधानिक संविधानले नचिन्ने सरकार हो । जेन-जीको हजुरआमा सुशीला आमैले यो सरकार छोड्नुपर्छ भन्ने उनलाई थाहा छ । त्यसैले उनी यो कार्यक्रम नहोस् भन्ने चाहन्छिन् । बारामा हामीलाई रोकेर उनले एउटा धक्का दिएकी हुन् । तर, हामी रोकिँदैनौं । सुशीला आमै र गृहमन्त्रीजीलाई भन्न चाहन्छु, एमाले र युवासंघ भनेको दुबोजस्तो हो । हामी २० वटा पालुवा हाल्नेवाला छौं । हामी काठमाडौंमा अहिलेसम्म नभएको सभा गर्दैछौं ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!