२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

पत्रकार एवं उपन्यासकार सविन प्रियासनको (उपन्यास) प्रकाशनमा पहिलो बन्ने दौडमा,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, मंसिर ०५, २०८२

काठमाडौँ । नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका उपन्यासकार सविन प्रियासन पहिलो बन्ने दौडमा हुनुहुन्छ l यसै वर्ष दुईवटा उपन्यास प्रकाशित गरिसक्नुभएका उपन्यासकार प्रियासनले यही मङ्सिर महिनामा नयाँ लुगा उपन्यास प्रकाशित गर्न लाग्नुभएको छ l नयाँ लुगा उपन्याससँगै प्रियासनको १३ वटा उपन्यास बजारमा आउनेछन् l त्यस लगत्तै यसै वर्ष के पाए के गुमाए शीर्षकमा उपन्यास बजारमा ल्याउने उहाँले बताउनुभयो l हाल बजारमा ८३ वर्षीय उपन्यासकार ध्रुवचन्द्र गौतमको २८ वटा उपन्यास प्रकाशित छन् l उहाँ नेपालकै सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार हुनुहुन्छ। त्यसपछि प्रियासनका १२ वटा उपन्यास प्रकाशित भएका छन् l नेपालकै सर्वाधिक धेरै उपन्यास प्रकाशित गर्ने उपन्यासकार अबको पाँच छ वर्षभित्रमा बनिसक्ने प्रियाशनको योजना छ । प्रियाशनको यही मङ्सिर महिनामा नयाँ लुगा उपन्यास बजारमा आउँदैछ। त्यसको लगत्तै उहाँले के पाए के गुमाए उपन्यास प्रकाशित गर्ने जनाउनु भएको छ । सामाजिक परिवेशमा आधारित के पाए के गुमाए उपन्यासमा सामाजिक गतिविधिहरूमा सहभागिता जनाउँदा गरिने संघर्ष, सङ्घर्ष पछीको सफलता अनि त्यागमा आधारित हुनेछ । २०० बढी पृष्ठमा प्रकाशित गरिने उक्त उपन्यास फरक धारबाट लेख्न लागिरहेको उपन्यासकार प्रियासनको भनाइ छ । यो उपन्यासमा पात्रहरूलाई धेरै कोणबाट बाहिर ल्याइने प्रियासनको भनाइ छ । सम्भव त उपन्यास माघ महिनाभित्रमा बजारमा आउने प्रियासनले दाबी गर्नुभयो । उपन्यासकार प्रियाशनको हालसम्म १२ वटा उपन्यास प्रकाशित भएका छन् भने नयाँ लुगा यही मङ्सिर महिनामा प्रकाशित हुँदैछ। प्रियासनले एउटा कथा संग्रह र सम्पादकीयको संग्रह पनि प्रकाशित गरिसक्नुभएको छ। के पाए के गुमाय उपन्यासले सामाजिक कार्यमा सङ्घर्षशील व्यक्तित्वहरूलाई अगाडि बढ्नको लागि सहयोग पुर्‍याउने प्रियासनको विश्वास छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]