१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

दाङ प्रहरीद्वारा जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न २७ जना पक्राउ गोप्य सूचना दिन अपिल,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०५, २०८२

दाङ । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न २७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोराही र तुलसीपुरमा रहेका अदालत कार्यालय तथा प्रहरी भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न २७ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको नियमित पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक एसपी दीपक श्रेष्ठले आपराधिक गतिविधिमा संलग्नको खोजीका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रहरी उपरीक्षक एसपी श्रेष्ठका अनुसार दाङ जिल्ला अदालतको भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न तीन जना, इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला सरकारी वकिल कार्यालयको भवन तोडफोडमा संलग्न दुई÷दुई जना, घोराहीस्थित भानुचोकमा रहेको प्रहरी विट तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।

यसैगरी उच्च अदालत तुलसीपुर कार्यालय भवन र अस्थायी प्रहरी चौकी बसपार्कमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न सात जनालाई पक्राउ गरी इलाका प्रहरी कायालय तुलसीपुरबाट मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख श्रेष्ठले बताए ।

उनका अनुसार उच्च अदालत तुलसीपुर कार्यालय भवनमा संलग्न चार जना र अस्थायी प्रहरी चौकी बसपार्कमा संलग्न तीन जना रहेका छन् । पक्राउ परेका २७ जनालाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको बताए । जेन–जी आन्दोलनका क्रममा सामाजिक सञ्जाज, विभिन्न सञ्चा माध्यमबाट सार्वजनिक तथा सिसिइटिभीमा कैद भएको भिडियोका आधारमा संलग्नको पहिचान गर्दै पक्राउ गरिएको बताए ।

त्यसक्रममा कतिपय फरार रहेका उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षकको कमान्डमा विशेष टोली गठन गरेर खोजी कार्य भइरहेको बताए । प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘पहिलो चरणमा सुरक्षा निकाय तथा अदालतका भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न केहीलाई पहिचान गरेर पक्राउ गरेका छौँ ।

अन्य सरकारी कार्यालयसँगै निजी भवनमा तोडफोड र आगजनी गर्नेको पहिचान गर्दै खोजी गर्ने काम इरहेको छ ।’ उनले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भए पनि अहिलेसम्म कसैको तर्फबाट उजुरी भने नपरेको बताए ।

एक सय एक जना फरार प्रतिवादी पक्राउ

यसैबिच दाङमा प्रहरीले दुई महिनाको अवधिमा एक सय एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर फरार रहेका एक सय एक जना प्रतिवादीलाई प्रहरीले असोज र कात्तिक महिनामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेका प्रतिवादीबाट ३८ वर्ष छ महिना चार दिन र छ लाख ४५ हजार एक सय ३९ रुपैयाँ कैद भुक्तानी भएको छ । अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

एक सय ७१ मुद्दा दर्ता

यसैबिच जिल्ला प्रहरी कार्यालयमा असोज र कात्तिक महिनामा एक सय ७१ मुद्दा दर्ता भएका छन् । दर्ता भएका एक सय ७१ मुद्दामध्ये ७० वटा फस्र्यौट भएका छन् भने एक सय एक मुद्दा बाँकी छन् । उक्त मुद्दामा दुई सय ३२ जना पक्राउ परेका छन् भने २८ जना फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी शाहका अनुसार सबैभन्दा धेरै झुन्डिएर आत्महत्यासम्बन्धी २३ वटा, अभद्र व्यवहारका २८ वटा, चोरीका १६ वटा, लागूऔषध दुव्यवर्सनी र भवितव्य ज्यानका समान १४÷१४ वटा, सवारी ज्यान र जुवाका समान ११÷११ वटा, फुटकर ज्यानका १० वटा, बैंकिङ कसुरका आठ वटा दर्ता भएका छन् ।

यसैगरी आपराधिक उपद्रवका सात, जबर्जस्ती करणीका छ वटा, ज्यान मार्ने उद्योगका पाँच वटा, कर्तव्य ज्यान र विष सेवन गरेर आत्महत्याका तीन÷तीन, बाल यौन दुरुपयोग, बहुविवाह र आत्महत्या दुरुत्साहनका दुई÷दुई वटा, जबर्जस्ती करणी उद्योग, सवारी भवितव्य, चोरी उद्योग, बेवारिसे ज्यान, ठगी र विष्फोटक पदार्थका समान एक÷एक वटा मुद्दा दर्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज भएको भेटमा उहाँहरुबीच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको उहाँको सचिवालयले जनाएको छ । भेटमा सभापति देउवा  धर्मपत्नी एवं काँग्रेस नेतृ डा आरजु राणा देउवा र अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्य […]

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

error: Content is protected !!