१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

दाङ प्रहरीद्वारा जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा संलग्न २७ जना पक्राउ गोप्य सूचना दिन अपिल,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०५, २०८२

दाङ । जेनजी आन्दोलनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न २७ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको घोराही र तुलसीपुरमा रहेका अदालत कार्यालय तथा प्रहरी भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न २७ जना व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको नियमित पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक एसपी दीपक श्रेष्ठले आपराधिक गतिविधिमा संलग्नको खोजीका क्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न १२ जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रहरी उपरीक्षक एसपी श्रेष्ठका अनुसार दाङ जिल्ला अदालतको भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न तीन जना, इलाका प्रहरी कार्यालय नारायणपुर र जिल्ला सरकारी वकिल कार्यालयको भवन तोडफोडमा संलग्न दुई÷दुई जना, घोराहीस्थित भानुचोकमा रहेको प्रहरी विट तोडफोड, आगजनी र लुटपाटमा संलग्न एक जनालाई पक्राउ गरिएको बताए ।

यसैगरी उच्च अदालत तुलसीपुर कार्यालय भवन र अस्थायी प्रहरी चौकी बसपार्कमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न सात जनालाई पक्राउ गरी इलाका प्रहरी कायालय तुलसीपुरबाट मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख श्रेष्ठले बताए ।

उनका अनुसार उच्च अदालत तुलसीपुर कार्यालय भवनमा संलग्न चार जना र अस्थायी प्रहरी चौकी बसपार्कमा संलग्न तीन जना रहेका छन् । पक्राउ परेका २७ जनालाई अदालतबाट म्याद थप गरेर थप अनुसन्धान भइरहेको बताए । जेन–जी आन्दोलनका क्रममा सामाजिक सञ्जाज, विभिन्न सञ्चा माध्यमबाट सार्वजनिक तथा सिसिइटिभीमा कैद भएको भिडियोका आधारमा संलग्नको पहिचान गर्दै पक्राउ गरिएको बताए ।

त्यसक्रममा कतिपय फरार रहेका उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षकको कमान्डमा विशेष टोली गठन गरेर खोजी कार्य भइरहेको बताए । प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘पहिलो चरणमा सुरक्षा निकाय तथा अदालतका भवनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्न केहीलाई पहिचान गरेर पक्राउ गरेका छौँ ।

अन्य सरकारी कार्यालयसँगै निजी भवनमा तोडफोड र आगजनी गर्नेको पहिचान गर्दै खोजी गर्ने काम इरहेको छ ।’ उनले जेन–जी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिसँगै निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भए पनि अहिलेसम्म कसैको तर्फबाट उजुरी भने नपरेको बताए ।

एक सय एक जना फरार प्रतिवादी पक्राउ

यसैबिच दाङमा प्रहरीले दुई महिनाको अवधिमा एक सय एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । अदालतबाट दोषी ठहर भएर फरार रहेका एक सय एक जना प्रतिवादीलाई प्रहरीले असोज र कात्तिक महिनामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ परेका प्रतिवादीबाट ३८ वर्ष छ महिना चार दिन र छ लाख ४५ हजार एक सय ३९ रुपैयाँ कैद भुक्तानी भएको छ । अन्य फरार प्रतिवादीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

एक सय ७१ मुद्दा दर्ता

यसैबिच जिल्ला प्रहरी कार्यालयमा असोज र कात्तिक महिनामा एक सय ७१ मुद्दा दर्ता भएका छन् । दर्ता भएका एक सय ७१ मुद्दामध्ये ७० वटा फस्र्यौट भएका छन् भने एक सय एक मुद्दा बाँकी छन् । उक्त मुद्दामा दुई सय ३२ जना पक्राउ परेका छन् भने २८ जना फरार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी शाहका अनुसार सबैभन्दा धेरै झुन्डिएर आत्महत्यासम्बन्धी २३ वटा, अभद्र व्यवहारका २८ वटा, चोरीका १६ वटा, लागूऔषध दुव्यवर्सनी र भवितव्य ज्यानका समान १४÷१४ वटा, सवारी ज्यान र जुवाका समान ११÷११ वटा, फुटकर ज्यानका १० वटा, बैंकिङ कसुरका आठ वटा दर्ता भएका छन् ।

यसैगरी आपराधिक उपद्रवका सात, जबर्जस्ती करणीका छ वटा, ज्यान मार्ने उद्योगका पाँच वटा, कर्तव्य ज्यान र विष सेवन गरेर आत्महत्याका तीन÷तीन, बाल यौन दुरुपयोग, बहुविवाह र आत्महत्या दुरुत्साहनका दुई÷दुई वटा, जबर्जस्ती करणी उद्योग, सवारी भवितव्य, चोरी उद्योग, बेवारिसे ज्यान, ठगी र विष्फोटक पदार्थका समान एक÷एक वटा मुद्दा दर्ता भएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!