०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

रुपन्देही प्रहरीद्वारा भन्सार छलीका ६ लाख २५ हजार रुपैयाँ बराबरका अवैध सामानहरू बरामद,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, मंसिर ०५, २०८२

भैरहवा । रुपन्देही जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा मैदा, कस्मेटिक सामान, विद्युतीय सामग्री र कपडाहरू नियन्त्रणमा लिएको हो ।

प्रहरीले मायादेवी गाउँपालिका–७ हात्तीबनगाईमा भारतबाट अवैध रूपमा ल्याएर गोदाम गरी राखिएको २ लाख ५५ हजार रुपैयाँ बराबरको १०२ बोरा मैदा बरामद गरेको छ। त्यस्तै, सिद्धार्थनगर नगरपालिका–१ बेलहिया बाइपास क्षेत्रबाट १ लाख २५ हजार रुपैयाँ बराबरका कस्मेटिक सामान, १२५ थान एलईडी चिम र दैनिक उपभोग्य वस्तुहरू प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी, सिद्धार्थनगर नगरपालिका–३ भैरहवा बसपार्कमा चेकजाँच गर्दा लु ६९ प ५९२२ नम्बरको स्कुटरमा अवैध रूपमा ल्याइएका ५ सय थान जर्सी फेला परेको छ। प्रहरीले १ लाख ७५ हजारको जर्सी र ७० हजार मूल्याङ्कन गरिएको स्कुटरसहित सिद्धार्थनगर–४ का ३४ वर्षीय अवराध हुसेनलाई नियन्त्रणमा लिएको छ। बरामद गरिएका सम्पूर्ण सामान, स्कुटर र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुरज कार्कीले दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!