२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

कोहलपुर प्रहरीले बलात्कार मुद्दाको फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६


(एबिसी संचार)
कोहलपुर माघ ७ ईलाका प्रहरी कार्यालय कोहलपुरले बलात्कार मुद्दामा फरार अभियुक्तलाई पक्राउ गरेको छ। बलात्कार मुद्धामा ३ वर्ष जेल सजाय सुनाईएका कोहलपुर नगरपालिका वडा नं १३ का योगेश खत्रीलाई कोहलपुर प्रहरीले पक्राउ गरेको हो । उच्च अदालत तुल्सीपुर ईजलास नेपालगन्जले वि।सं। २०७५/०१/२५ गते बलात्कार मुद्धामा दोषी ठहर्याई खत्रीलाई ३ वर्ष जेल सजाय तोकेको थियो । अदालतको फैसला लगत्तै फरार भएका खत्रीलाई डेढ वर्षपछि उनकै घरबाट पक्राउ गरीएको हो । कोहलपुर नगरपालिका वडा नं। १३ खड्कवार बस्दै आएका ४१ वर्षिय खड्कालाई आज बिहान १० बजे पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले बताएका छन। पक्राउ परेका खत्रीलाई मंगलबार नै अदालत उपस्थित गराईएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!