१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

सुदन गुरुङ प्रहरीको गोप्य निगरानीमा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर ०६, २०८२

काठमाडौं । जेनजीका अगुवा तथा हामी नेपाल नामक संस्थाका प्रमुख सुदन गुरुङ कुनै समय दैनिकजसो गृह मन्त्रालयमा हुन्थें । अहिले दैनिक गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागिरहेका छन् ।हाल तराईको भ्रमणमा रहेका उनले कहिले फेसबुकमा लेखेर त कहिले कार्यक्रममा बोलेर गृहमन्त्री अर्यालको खेदो खनिरहेका छन् । केपी शर्मा ओली र रमेश लेखकलाई पक्राउ नगरेकोमा उनको आक्रोश देखिन्छ ।

गृहमन्त्री एमालेको बन्दै गएको आरोप उनको छ । गृहमन्त्रीको राजीनामा माग्ने सुदनलाई प्रहरीले भने गोप्य निगरानीमा राखेको स्रोत बताउँछ ।
उनका हरेक दिनको गतिविधि बुझ्न प्रहरीलाई निर्देशन दिइएको छ। जसकारण काठमाडौंमा हुँदा वा बाहिर जाँदा उनको वरिपरी सुराकी परिचालन हुने गरेका छन्।प्रहरी नेतृत्वले नै उनका गतिविधिमाथि निगरानी गर्दै आएको सुदन निकट एक जेनजीका युवाले अनलाइन नेपालसँग बताए ।गृहमन्त्री ओमप्रकाश अर्यालको निर्देशन अनुसार आईजीपी दानबहादुर कार्कीले सुदनका गतिबिधि बुझ्नका लागि गोप्य रुपमा प्रहरीको टोली परिचालन गरेको ती युवाले बताए ।

प्रहरी प्रधान कार्यालयका अधिकारीले भने यसबारेमा केही बताउन चाहेका छैनन् । उनले कसलाई भेट्छन्, के सल्लाह गर्छन् भन्ने विषय प्रहरी हुँदै गृह मन्त्रालय पुग्ने गरेको छ ।गृहमन्त्रीविरुद्ध केही जेनजी अगुवालाई उचालेर उनले राजीनामाका लागि दबाब दिने योजना बनाएका छन् । अहिले उनी तराईमा बसेर आन्दोलनदेखि अन्य योजना बनाइरहेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले पनि सोही अनुसार रणनीति बनाएको बुझिएको छ ।

सबैभन्दा अचम्म लाग्दो कुरो त के छ भने जेनजी युवाकै बलमा गृहमन्त्री बनेका ओमप्रकाश अर्यालको राजीनामा माग्दै गाएका सुदन गुरुङ अहिले युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङसँग नजिकिएका छन् ।करिब १४ वर्ष पुग्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा जोड्ने कमला नदीको पुलको स्थलगत अनुगमनमा मन्त्री घिसिङले शुक्रबार सुदनलाई संगै बोकेर हिँडेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । यतिबेला (सोमबार बिहान) हिमाली र पहाडी क्षेत्रको आकाशमा साधारणतया बादल बादल लागेको छ भने बाँकी स्थानमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद्का अनसार हाल नेपालमा पश्चिमी र स्थानीय वायुका साथै नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ। अर्थात् अहिले देशमा एकसाथ तीन मौसम प्रणालीको प्रभाव परिरहेको छ। […]

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

error: Content is protected !!