१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

चितवन पर्सा राष्ट्रिय निकुञ्ज वन क्षेत्र हुँदै विभिन्न स्थानमा भण्डारण गरी भारततर्फ गाजा तस्करी

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर ०६, २०८२

पर्सा । मकवानपुरको मनहरि, लोथर तथा धादिङका पहाडी क्षेत्रहरूमा उत्पादन हुने गाँजा पछिल्ला वर्षहरूमा चितवन र पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्र हुँदै पर्साका विभिन्न स्थानमा भण्डारण गरी भारततर्फ पठाइने क्रम तीव्ररूपमा बढिरहेको छ। सुरक्षा निकायका अनुसार विजयबस्ती, सुवर्णपुर, बाघमोर्चा, गोपीबस्ती, गढुवालाइनलगायतका गाउँहरू पछिल्लो समय गाँजा भण्डारण तथा तस्करीका मुख्य केन्द्रका रूपमा पहिचान भएका छन्।

भारतको बिहार राज्यमा हालै सम्पन्न विधानसभा चुनावका कारण केही समय तस्करी रोकिएको भए पनि परिणाम सार्वजनिकसँगै गाँजा तस्करी फेरि सुचारु भएको सुरक्षा स्रोतले जनाएको छ। चुनावअघि नै ठूलो परिमाणमा मकवानपुर–धादिङबाट ल्याइएका गाँजाहरू पर्साका ग्रामीण बस्तीतिर भण्डारण गरिएको थियो।

निकुञ्ज क्षेत्र र जनता सडकमार्ग हुँदै तस्करी हुने मुख्य मार्ग मनहरि–लोथर–पटेर्वासुगौली रहेको छ। यसका साथै पर्साका सोनवर्षा, कञ्चनपुर, बैरिया, देकुली, देवरिया, मोरटोल, मुजवनिया टोल, जीराभवानी, सखुवनिया, भवानीपुर, महादेवपट्टी, औराहा लगायतका स्थान हुँदै मोटरसाइकल, जीप, भ्यान र भरियामार्फत गाँजा भारत पुर्याइने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्लाको बिभिन्न दाङ स्थानमा अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गर्ने सवारी साधनहरुलाई यस कार्यालय तथा मातहत प्रहरी कार्यालयहरु बाट खटिएको प्रहरी टोलिले अबैध रुपमा ढुङ्गा र वालुबा उत्खनन् गरिरहेका अवस्थामा १३ वटा ट्याक्टर जरिवाना कारवाही रु. २,२०,०००।– ( दुई लाख बिस हजार), ३ वटा टिप्पर जरिवाना कारवाही रु. १,२७,५४०।– (एक लाख सत्ताइस […]

काठमाडौं । रौतहटजस्ता सीमावर्ती जिल्लामा जहाँ रुख, लत्ताकपडा, खाद्यपदार्थ, सवारीसाधनदेखि लिएर लाखौँ रुपैयाँ मूल्यको सामान हरु भारत नेपाल सीमाबाट हुर्किने गरेको रिपोर्टहरु भइरहेका छन्। तर, त्यही सीमामा जिम्मेवार सुरक्षा निकायहरुको सक्रियता जहाँ चाहिएको त्यहीं त उनीहरुको संलग्नता, मिलेमतो र नाकचुल्लोपनका आरोप आइरहेका छन्।यदि साँच्चिकै “राति प्रहरी सुति बस्ने आदेश” दिदै त्यस्तो सार्वजनिक आदेश मेरो सूचना […]

  १) देश र जनता भन्दा नेताहरु प्यारो हुनु, २) बसि’ष्ठ लाई बढुवा भन्दा क’निष्ठ लाई प्रहरी प्रमुख बनाइनु, ३) जनता सँग अनुशासन’हिन ब्यवहार , ४) प्रहरी संगठन भित्र भ्र-ष्टा’चार ५) जवाफ’देहिताको क’मि ६) मानवअधिकार उ’ल्लं’घन यो भन्दा अगाडि यस्तै कुराहरुले प्रहरी बद्-नाम भएका हुन । तर अहिलेका प्रहरी प्रमुख दान बहादुर कार्कीले भने संगठनलाई […]

error: Content is protected !!