०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

चितवन पर्सा राष्ट्रिय निकुञ्ज वन क्षेत्र हुँदै विभिन्न स्थानमा भण्डारण गरी भारततर्फ गाजा तस्करी

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, मंसिर ०६, २०८२

पर्सा । मकवानपुरको मनहरि, लोथर तथा धादिङका पहाडी क्षेत्रहरूमा उत्पादन हुने गाँजा पछिल्ला वर्षहरूमा चितवन र पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्र हुँदै पर्साका विभिन्न स्थानमा भण्डारण गरी भारततर्फ पठाइने क्रम तीव्ररूपमा बढिरहेको छ। सुरक्षा निकायका अनुसार विजयबस्ती, सुवर्णपुर, बाघमोर्चा, गोपीबस्ती, गढुवालाइनलगायतका गाउँहरू पछिल्लो समय गाँजा भण्डारण तथा तस्करीका मुख्य केन्द्रका रूपमा पहिचान भएका छन्।

भारतको बिहार राज्यमा हालै सम्पन्न विधानसभा चुनावका कारण केही समय तस्करी रोकिएको भए पनि परिणाम सार्वजनिकसँगै गाँजा तस्करी फेरि सुचारु भएको सुरक्षा स्रोतले जनाएको छ। चुनावअघि नै ठूलो परिमाणमा मकवानपुर–धादिङबाट ल्याइएका गाँजाहरू पर्साका ग्रामीण बस्तीतिर भण्डारण गरिएको थियो।

निकुञ्ज क्षेत्र र जनता सडकमार्ग हुँदै तस्करी हुने मुख्य मार्ग मनहरि–लोथर–पटेर्वासुगौली रहेको छ। यसका साथै पर्साका सोनवर्षा, कञ्चनपुर, बैरिया, देकुली, देवरिया, मोरटोल, मुजवनिया टोल, जीराभवानी, सखुवनिया, भवानीपुर, महादेवपट्टी, औराहा लगायतका स्थान हुँदै मोटरसाइकल, जीप, भ्यान र भरियामार्फत गाँजा भारत पुर्याइने गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!