२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

सभामुखमा नेकपाका अग्नि प्रसाद सापकोटा निरबिरोध निर्वाचित

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(एबिसी संचार)
काठमाडौं माघ ७ प्रतिनिधिसभाको सभामुखका लागि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका सांसद अग्निप्रसाद सापकोटाकाे मात्रै उम्मेदवारी परेको छ । एकल उम्मेदवारी परेसँगै सापकोटा सभामुखमा निर्विरोध भएका छन्।
मंगलबार उम्मेदवारीका लागि निर्धारित समयमा अन्य दलबाट मनोनयन दर्ता नगरेपछि उनी निर्विरोध निर्वाचित हुने पक्का भएको हो। तर, यसको औपचारिक घोषणा भने माघ १२ गते हुनेछ।
१२ गते बस्ने प्रतिनिधिसभाको बैठकमा अरु कसैको उम्मेदवारी नपरेकोले सापकोटा निर्विरोध चयन भएको घोषणा हुनेछ। त्यसपछि उनले सभाको अध्यक्षता गर्ने छन्।
पूर्वसभामुख एवम् नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङको प्रस्ताव र प्रमुख सचेत देव गुरुङ्, पूर्वसभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा सापकोटाले उम्मदवारी दर्ता गराएका हुन् । योसँगै सापकोटा सभामुख बन्ने पक्का भएको छ ।
उम्मेदवारी दर्ताका लागि मंगलबार विहान ११ बजेदेखि २ बजेसम्मको समय निर्धारण गरिएको थियो ।
पूर्वसभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहारको आरोप लागेपछि गत असोजमा राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन थियो ।सभामुख चयनमा नेकपाभित्रको आन्तरिक भागबन्डाको विवादका कारण झन्डै चार महिनापछि मात्र संसद्ले सभामुख पाउन लागेकेा हाे ।
कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा पनि लिने गरिन्छ। तर सभामुख चयनको किचलोले झन्डै एक महिनादेखि संसद अधिवेशन बन्धक बनेको थियाे ।नेकपाभित्र लामो विवाद र खिचतानीपछि आइतबार मात्र सभामुखका लागि अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पुस ४ गते सुरु भएको हिउँदे अधिवेशन सभामुख चयन हुन नसक्दा ‘बिजनेस’ मा प्रवेश गर्न पाएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]