काठमाडौं । झापाको भद्रपुर १ घर भएका ज्योती थापा घताने र ललितपुरको महालक्ष्मीस्थान ५ घर भएका ब्राउन भन्ने सुशील श्रेष्ठलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो।
उनीविरुद्ध आपराधिक उपद्रव मुद्दामा सात दिन थुनामा राख्न म्याद लिइएको एसपी पवन भट्टराईले बताए। सो घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। आगजनी र तोडफोड गर्नेमाथि कारबाहीको माग गरी सर्वोच्च, बिशेष तथा जिल्ला अदालतले काठमाडौं परिसरमा जाहेरी दिएका छन्।