२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लहानमा १ हजार १५ किलोग्राम भन्दा बढी गाँजा बोकेको एउटा ट्रकसहित २ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर ०८, २०८२

सिरहा । लहान शनिवार राति करिब साढे नौ बजे लहान नगरपालिका १ स्थित पूर्वपश्चिम लोकमार्गको ट्राफिक चौकी नजिक इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले मिर्चैयाबाट रूपनीतर्फ जाँदै गरेको ना.५ ख ३२०९ नम्बरको ट्रकलाई रोकेर जाँच गरेको थियो ।

जाँचका क्रममा चालक बस्ने क्याबिनमुनि विशेष रूपमा फल्स बटम अर्थात् लुकाउने खालको दोहोरो भुईँ बनाइएको र त्यसभित्र सेतो प्लास्टिकका ३१ वटा बोरामा गाँजा जस्तो देखिने पदार्थ लुकाई छिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीले दाबी गरेको छ । बोरासहित तौल गर्दा कुल एक हजार १५ किलोग्राम ३०० ग्राम गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

प्रहरीले ट्रक चालक सङ्खुवासभाको धर्मदेवी नगरपालिका–९ छिपिधारा टोल बस्ने २४ वर्षीय टङ्क विश्वकर्मा र सहचालक धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ बस्ने २२ वर्षीय खेम राना मगरलाई गाँजा र ट्रकसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय लहानमा ल्याई मङ्सिर ७ गते सिराहा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]