०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

लुम्बिनी प्रदेश सभा सचिवालयले दोस्रो कार्यकाल सम्पन्न काम,कर्तव्य र उपलब्धिहरू सार्वजनिक,

Logo
ABC-Sanchar प्रकाशित सोमबार, मंसिर ०८, २०८२

दाङ । सातौं अधिवेसन सुरुहुनुअघि सोमबार प्रदेश सभा सचिवालय राप्ती उपत्यका (देउखुरी)मा पत्रकार सम्मेलनमार्फत सचिवालयले विधेयक निर्माणदेखि समितिको गतिविधि, प्रशासनिक प्रगति तथा अन्तर्राष्ट्रिय सहकार्यसम्मका विवरण प्रस्तुत गरेको हो ।

दोस्रो कार्यकालमा प्रदेश सभामा १९ वटा विधेयक दर्ता भएका छन् । तीमध्ये १५ वटा पारित भएका छन् । पारित विधेयकमध्ये १४ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरका अनुसार दुई विधेयक सदनमा प्रस्तुत भने हुन बाँकी छन् । दुई विधेयक लगतकट्टा भएका छन् । एक विधेयक प्रदेश प्रमुखबाट फिर्ता भएको छ । यस अवधिमा प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन जारी भई कार्यान्वयनमा आएका छन् ।

वार्षिक नीति तथा कार्यक्रम, बजेट, विधेयक निर्माण र कार्यान्वयनमा सहयोग गर्दै प्रदेश सभा सक्रिय रूपमा कार्यरत रहेको सम्मेलनमा जानकारी गराइएको छ । जनमैत्री, जिम्मेवार र प्रभावकारी प्रदेश सभा निर्माण सचिवालयको दीर्घकालीन लक्ष्य रहेको पनि स्पष्ट गरिएको छ ।

संविधान र सम्बन्धित कानुनअनुसार सचिवालयले प्रशासनिक तथा आर्थिक व्यवस्थापन, भौतिक संरचना, सुरक्षा व्यवस्था, सूचना प्रणाली सुदृढीकरण तथा सदस्य सेवा–सुविधासम्बन्धी कार्य नियमित रूपमा सञ्चालन गर्दै आएको छ ।

सार्वजनिक लेखा समिति, प्रदेश मामिला तथा कानून समिति, कृषि–वन तथा वातावरण समिति, भौतिक पूर्वाधार तथा विकास समिति, सामाजिक विकास समिति, अर्थ–उद्योग–पर्यटन समिति र विशेषाधिकार समितिले आफ्नो कार्यक्षेत्रअनुसार छलफल, अनुगमन र निर्देशनसम्बन्धी काम गर्दै आएका छन् । चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत बजेटमध्ये पहिलो चौमासमा मुख्यतः चालु खर्च भएको र पूँजीगत खर्च सुरु हुन बाँकी रहेको उल्लेख गरिएको छ ।

‘प्रदेश सभामा पहुँच कार्यक्रम’ अन्तर्गत २५० भन्दा बढी विद्यार्थी र शिक्षकले प्रदेश सभाको अवलोकन गरेका छन् । ‘शासन अन्तर्राष्ट्रिय नेपाल’ सँगको सहकार्यमा संसदको खुलापन, पहुँच तथा अभ्याससम्बन्धी कार्यक्रम सांसद, पत्रकार, निजी क्षेत्र, नागरिक समाज र सरोकारवाला निकायबीच सम्पन्न भएको प्रवक्ता लोकमणी पाण्डेले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!