०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

भारतले गुलरिया र मुर्तिहाबाहेक अन्य नाकाबाट नेपाली नम्बरका सवारीसाधनहरुको प्रवेशमा रोक,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, मंसिर ०८, २०८२

बर्दिया । भारतमा नेपाली नम्बरका सवारी साधन बर्दियाको गुलरिया र भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रवेशमा एसएसबी(भारतीय सीमा सुरक्षाबल)ले प्रतिबन्ध लगाएको

उत्तर दक्षिण राजमार्ग स्थित गुलरिया नगरपालिका–१० को रजनवा हुँदै भारत जाने नाकामा नेपाली र भारतीय सवारी साधनमा आउजाउ रोक लगाएको प्रहरीले जनाएको छ ।

साताअघि रुपैडिहामा नेपालगन्ज हुँदै दुई विदेशी नागरिक राहदानी विना प्रवेश गर्दा पक्राउ परेका थिए । दिल्लीमा भएको बम विस्फोटपछि भारतीय सुरक्षकर्मीले रोक लगाएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

निर्वाध रुपमा भारतीय सीमाको बजार मिहींपुरुवासम्म नेपाली सवारी साधन आउजाउको सुविधा दिँदै आएकोमा प्रतिबन्ध लगाएको छ । भारतीय सुरक्षाकर्मीले यसअघि नै लौकाही चित्लहवा, बलैगाउँ लगायत सीमावर्ती भारतीय बाटो हुँदै नेपाली सवारी साधनलाई आउजाउमा रोक लगाएको प्रहरीले जनाएको छ ।

भारतमा भएको आतंकवादी गतिविधिको कारणले शान्ति सुरक्षामा असर पर्ने भएकोले मुख्य नाकाबाहेक अन्य परम्परागत बाटो हुँदै सवारी साधन प्रतिबन्ध लगाएको भारतीय सुरक्षाकर्मीले बताएका छन् ।

मुर्तिहा हुँदै भारतीय सवारी साधनलाई भने नेपाल प्रवेशमा रोक भने छैन । तर नेपाली नम्बरको चार पांग्रे सवारी साधन आउजाउमा प्रतिबन्ध लगाएको छ । गुलरियासँग जोडिएको भारतको मुर्तिहाबाहेक सबै ठाउँमा प्रतिबन्ध लगाउदा सर्वसाधरण सास्ती भोग्न बाध्य छन् ।

भारतीयहरु सवारी साधन नेपाल भित्र प्रवेश गर्दै आएका छन् । नेपाली सवारी साधनलाई रोक लगाएपछि भारतीय नम्बरका सवारीसाधन पनि रोक लगाउनुपर्ने गुलरिया–१० का मनोहर लोधले बताए ।

नेपाली सीमा क्षेत्रमा अधिकांश नेपाली नागरिकले अवैद्यरुपमा भंसार राजश्व नबुझाएर दर्जनौं भारतीय सवारी साधन राखेका छन् । नेपाल प्रहरीसँग यसको तथ्यांक भने छैन । प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले सवारी साधन रोक लगाएको सम्बन्धमा भारतीय समकक्षीसँग जानकारी लिने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । जिल्लाका विभिन्न स्थानमा खटिएका ट्राफिक प्रहरीले वर्गलाई लक्षित गरे: चालक-सहचालक*: गाडी/बस चलाउने मान्छेलाई प्रत्यक्ष सम्झाइ 2. *यात्रु*: सिटबेल्ट, झुन्डिएर नयात्र गर्ने बारे 3. *पैदल यात्रु*: जेब्रा क्रसिङ, फुटपाथको प्रयोग 4. *विद्यार्थी*: भोलिका चालक/यात्रु। सानैदेखि नियम सिके जीवनभर काम लाग्छ *के सिकाइयो होला? “सवारी दुर्घटनाबाट बच्ने उपायहरू”* 1. *चालकलाई*: गति नियन्त्रण, मदिरा सेवन गरेर […]

चितवन । पिपलडाँडा – राम्दी खण्डको हबी होटल अगाडिको घुम्ती अहिले “कालो घुम्ती” बनेको छ।बगनासकाली गाउँपालिका-4, सेरा। सिद्धार्थ राजमार्गकै सबैभन्दा जोखिमपूर्ण मोड मध्ये एक। 2. *दुर्घटनाको कारण – ‘कचुवाई/बेकर’*: – *घुम्ती धेरै साँघुरो + अचानक*: बुटवलबाट पाल्पा उकालो लाग्दा स्पिडमा आएको गाडीलाई मोड देखिँदैन। साइडको भीरले ब्लाइन्ड स्पट बनाउँछ। – *ढलान/ग्राभेलको समस्या*: घुम्तीमा ढलान भत्किएको, […]

दाङ । घोराहीस्थित अम्बिकेश्वरी कलेजले आयोजना गरेको खेल सप्ताहमा सहभागी भएर विजयी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको छ। कलेजले शुक्रबार घोराहीमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको हो। कलेजका विद्यार्थी संजीव चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणराज गौतम, विशिष्ट अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका […]

error: Content is protected !!