२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठी रुपन्देही भैरहवामा सम्पन्न,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, मंसिर ०९, २०८२

भैरहवा । रुपन्देही मायादेवी गाउँपालिका ८ अञ्चलपुर स्थितमा रहेको होटल सिद्धार्थ भिलासामा नेपाल सरकार गृह मन्त्रालय र लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानुन मन्त्रालयको संयुक्त आयोजनामा बिद्यमान सुरक्षा अवस्था, समस्या तथा चुनौति, अपराध नियन्त्रण, सिमा सुरक्षा तथा आगामी फागुन २१ गते तोकिएको प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ लगायतका बिषयमा नेपाल सरकारका माननीय गृहसचिव रामेश्वर दंगालज्यूको अध्यक्षतामालुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठी सुरु भएको, उक्त कार्यक्रको प्रमुख अतिथि नेपाल सरकारका माननीय गृहमन्त्री ओमप्रकाश अर्यालज्यू, बिशेष अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री

 

चेत नारायण आचार्यज्यू, अतिथि लुम्बिनी प्रदेश प्रमुख सचिव कृष्ण प्रसाद काप्रीज्यू, लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लोक बहादुर सुनारज्यू, नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यू, सशस्त्र प्रहरी बल महानिरीक्षक राजु अर्यालज्यू, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्कीज्यू, नेपाली सेनाका बलाअधिकृत रथि प्रदिप जंग के.सी.ज्यू, नेपाली सेना मध्यपश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी प्रेम बहादुर पुनज्यू, लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. राजेन्द्र प्रसाद भट्टज्यू सहित लुम्बिनी प्रदेश अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारीज्यूहरु, सुरक्षा निकायका प्रमुखहरु, पत्रकार लगायत अन्दाजी १५० जनाको उपस्थिति रहेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]