२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपालबाट कतार जाने तय भएका कतार एयर लाइन्सका जहाज त्रिभुवन विमानस्थलमै रोकिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, मंसिर १०, २०८२

काठमाडौं । इथियोपियाको अफारमा विस्फोट भएको हाइली गुब्बी ज्वालामुखीको असरका कारण हवाइ क्षेत्र प्रभावित भएको छ । नेपालबाट आज कतार जाने तय भएका कतार एयरलाइन्सका जहाज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएका छन्।

आज बिहान १०ः०० बजे एउटा र ११ः०० बजे अर्को उड्ने गरी तालिका तय भएका दुई वटा कतार एयरलाइन्सका वाइडबडी जहाजहरू उक्त ज्वालामुखी विस्फोटपछि निस्किएको धुवाँका कारण उड्न नपाएर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै रोकिएको विमानस्थलका महाप्रबन्धक हँसराज पाण्डेले जानकारी दिए ।

उनले भने, “ज्वालामुखी विस्फोट हुँदा निस्किएको धुवाँका कारण कतार एयरलाइन्सका दुईवटा वाइडबडी जहाज उडेका छैनन् । अहिले नेपालमै रोकिएका छन् । राति २ः०० बजेसम्म उड्न सक्ने खबर छ । ज्वालामुखी विस्फोटको प्रभाव नेपालको अन्य हवाई उडानमा परेको छैन ।’

यसैगरी उक्त ज्वालामुखी विस्फोटका कारण कोरिया एयरलाइन्सको जहाज पनि आज नेपाल आउन नसकेको र भोलि बुधबार साँझ मात्रै नेपाल आउने खबर प्राप्त भएको महाप्रबन्धक पाण्डेले जानकारी दिए ।

कतार एयरलाइन्सको काठमाडौँ–दोहा एवं दोहा–काठमाडौँको उडान तालिकामा असर पर्दा यात्रुहरू मारमा परेका छन्। हाल यात्रुहरू त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको यात्रुकक्षमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]