१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

काठमाडौँ उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी (एआईजी) ईश्वर कार्कीले पाए,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ११, २०८२

काठमाडौं । मन्त्रिपरिषद् बैठकले एआईजीमा सिफारिस कार्कीलाई बढुवाको निर्णय गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पदस्थापन गर्ने निर्णय गरेको हो।

गृहमन्त्री ओमप्रकाश अर्यालले बढुवा र पदस्थापनको प्रस्ताव यसअघि नै मन्त्रिपरिषद्मा पेस गरेका थिए। मन्त्री अर्याल भने सोमबार मन्त्रिपरिषद् अघि नै भैरहवा पुगेका थिए। उनको अनुपस्थितमा बसेको बैठकले एआईजी कार्कीको बढुवा र पदस्थापनको निर्णय गरेको हो।

यसअघि डीआईजी हुँदा कार्की कोसी प्रदेशको प्रहरी प्रमुख थिए। उपत्यका प्रहरी कार्यालय कात्तिक २६ गतेदेखि प्रमुखबिहीन भएको थियो। दानबहादुर कार्की आईजीपी भएपछि प्रमुख रिक्त भएको थियो।

रिक्त पदमा बढुवा भएका ईश्वर कार्कीलाई नै राजधानीको सुरक्षा कमाण्डको जिम्मेवारी सुम्पिने निर्णय भएको हो। एआईजी ईश्वर कार्की आईजीपी दानबहादुर कार्कीकै ब्याची हुन्।

यसबीचमा डीआईजी ओम अधिकारीले निमित्त प्रमुख भएर काम गरिरहेका थिए।

नेपाल प्रहरीमा ८ जना एआईजीको दरबन्दी छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । थापाथली र गैरीगाउँबाट शनिबार सारिएका अधिकांश सुकुमवासीलाई कीर्तिपुरस्थित राधास्वामी सत्संग व्यास आश्रममा अस्थायी बसोबासको व्यवस्था गरिएको छ । काठमाडौं महानगरपालिकाका अनुसार २३२ जनाले उक्त आश्रममा बसोबास गर्न नाम टिपाएका थिए । शनिबार बिहानदेखि साँझसम्म ५१ परिवारका सदस्यलाई कीर्तिपुरमा पुर्‍याइएको थियो । आश्रमको फराकिलो हलमा सँगै बेड राख्ने गरी महानगरले स्थान तोकिदियो । महानगरले […]

काठमाडौं । नारायण सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहर किनारमा अतिक्रमित गरेर निर्माण गरिएका घरटहरा तथा अन्य संरचना हटाउन थालेको छ । कार्यालयले आज बिहानैदेखि नहरको जानकीटोला र गण्डकचोकसम्म फैलिएको अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउन सुरु गरेको हो । नहरको डिलमा स्थानीयले बनाएका घरटहरा, व्यापारका लागि पसल, माछापोखरीलगायत करिब ३०० भन्दा बढी संरचना हटाउन लागिएको […]

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

error: Content is protected !!