२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

सुनसरीमा हवाई फायर गरेर १५३ किलो गाँजा एकजना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, मंसिर ११, २०८२

सुनसरी । सुनसरीमा सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी गाँजा बरामद गरेको छ ।जिल्लाको इनरुवा नगरपालिका-७ स्थित चाँदवेलाबाट आज बिहान सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरी १ सय ५३ किलो गाँजा बरामद गरेको हो ।सोही क्रममा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय आदित्य चौधरी हुन् ।

चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा१५च २१७३ नम्बरको स्कारपियो पिकअप गाडी र को२ प ८३३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लास्टिकको प्याकेटमा बेरेर राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।

गाडी र मोटरसाइकललाई अन्य मोटरसाइकलमा आउँदै गरेका व्यक्तिले स्कर्टिङ गरी ल्याउँदै गरेको अवस्थामा सो गाँजा नियन्त्रणमा लिने क्रममा नेपाल बोर्डर आउट पोस्ट साहेवगञ्जबाट खटिएको सशस्त्र प्रहरीले १ राउन्ड हवाई फायरसमेत गरेको थियो ।नियन्त्रणमा लिइएका व्यक्ति स्कारपियो गाडीका चालक रहेका छन् भने मोटरसाइकल चालक भने फरार भएका छन् ।चौधरीलाईआवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।