०४ आषाढ २०८३, बिहिबार
18-06-2026 , Thu
×

बारा यातायात कार्यालय भ्रष्टाचारको केन्द्र बिन्दु बन्दै अविन्दर दासकै ‘परिवारिक नेटवर्क’द्वारा सिंढेमार लुटपाट?

Logo
राहुल गुप्ता प्रकाशित बिहिबार, मंसिर ११, २०८२

बारा । देशभर जेन-जीका युवाहरूले भ्रष्टाचारविरुद्ध सडकदेखि सदनसम्म आवाज उठाइरहेकै बेला बारा जिल्ला यातायात व्यवस्था कार्यालय भने खुला रूपमा ‘भ्रष्टाचारको हब’ बनेको आरोप स्थानीय स्रोतहरूले कडा रूपमा लगाएका छन्।

कार्यालय प्रमुख अविन्दर दासकै प्रत्यक्ष संरक्षणमाै ‘सेटिङ–सिण्डिकेट’ सञ्चालन भइरहेको दाबी सर्वसाधारण र सेवाग्राहीहरूले गरिरहेका छन्।

परिवारलाई ‘करार’मा भर्ति गरी कार्यालय कब्जा ?

स्थानीय स्रोतका अनुसार, प्रमुख अविन्दर दासले आफ्नै दुई भाइ — भिखारी दास र बिकेश दासलाई करारमा राखी कार्यालयलाई पारिवारिक रैतीमा चलाइरहेको गम्भीर आरोप छ।
सेवाग्राहीहरूको दाबी

“कार्यालयमा प्रमुख देखिँदैनन्, तर लाइसेन्स पास–फेलदेखि फाइल मिलाउने सबै ‘भाइ-दाजै’कै संकेतमा चल्छ।”

 

एजेन्टमार्फत १०–२० हजार लिएर लाइसेन्स वितरण ?

सूत्रहरूका अनुसार, कार्यालयमा ट्रायल बिना नै १०–२० हजार रुपैयाँ घुस लिएर लाइसेन्स बाँडिएको आरोप गम्भीर छ।

*ट्रायल नतिजामा हेरफेर
*फिक्स रेट’ बुझाउनेलाई पास
*पैसा नदिने सेवाग्राही *सिधै असफल*

यस्तो आरोपले कार्यालयप्रति जनविश्वास धरमराएको छ।

प्रदेश नेतृत्वको संरक्षण ?

स्थानीय राजनीतिक वृत्तले मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसँगको ‘घनिष्ट पहुँच’का कारण दासमाथिका उजुरी दवाइँदै आएको आरोप लगाएका छन्।
रौतहटमा जालझेलमा अड्किएका समूहलाई नै बारा ल्याएर “लुटतन्त्रलाई निरन्तरता दिएको” दाबी छ।

जिल्ला प्रशासनकै आँखैअगाडि अनियमितता !

जिल्लाका प्रमुख प्रशासन अधिकृतको निरीक्षणमै पनि अनियमितता पुष्ट भएको स्थानीय स्रोतको भनाइ छ।
तर,कानुनी कारबाही अघि नबढ्नुले प्रशासनिक निष्क्रियता पनि प्रश्नचिह्नमा परेको जनाइएको छ।

अविन्दर दासको विगत पनि विवादले भरिएको

अविन्दर दास वीरगञ्जमा नायब सुब्बा हुँदा नेपालीकरण सम्बन्धी अनियमिततामा अख्तियारले विशेष अदालतमा मुद्दा चलाएको उजुरी फाइलहरूमा उल्लेख छ।
सरकारी कागजात नष्ट गरेको र प्रमाण लोप गरेको अभियोगमा उनी निलम्बनमा समेत परेको इतिहास रहेको स्रोतले बतायो।

सेवाग्राही आक्रोशित : ‘पैसा नदिए लाइसेन्स सम्भव छैन’*

सेवाग्राहीहरूको तिक्तता झन् बढ्दो छ।
एक सेवाग्राहीका अनुसार

“म आफैँ ट्रायल पास भएँ, तर मलाई जानी–जानी ‘फेल’ गराइयो। विरोध गरेपछि फकाउन ३० हजार नै दिए।”

यसले कार्यालयभित्रको सेटिङको गहिरो जरो खुल्ने स्थानीयहरूको टिप्पणी छ।

निष्कर्ष : जेन-जीको आन्दोलनले देश हल्लाइरहँदा बारा यातायात कार्यालय ‘भ्रष्टाचारको नमूना केन्द्र’ बन्नु राष्ट्रकै अपमान। कहाँ हराए जेन-जी युवाहरु?

बारा जिल्ला यातायात कार्यालयमा देखिएको अनियमितता, राजनीतिक संरक्षण, परिवारवाद र खुला घुस–सिण्डिकेट तत्काल रोकिनुपर्ने स्थानीयहरूको माग कडा बन्दै गएको छ।

सर्वसाधारणले भने “यति खुला भ्रष्टाचार हुँदा पनि राज्य मौन बस्नु, भ्रष्टाचारविरुद्ध उभिएका युवाहरूको ठल्लो अपमान हो।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डाक्टरको सल्लाहविना भियाग्रा खाँदै हुनुहुन्छ? केही मिनेटको आनन्दले निम्त्याउन सक्छ जीवनभरको अन्धोपना र मुटुको जोखिम पछिल्लो समय युवाहरूले पुरुषत्व बढाउन र लामो समयसम्म यौनआनन्द लिन चिकित्सकको सल्लाहविना नै लापरवाही रूपमा भियाग्रा (Viagra) जस्ता औषधीको प्रयोग गर्ने क्रम बढेको छ। स्वास्थ्य विशेषज्ञहरूका अनुसार बिनापरामर्श यस्ता औषधी खानु स्वास्थ्यका लागि निकै हानिकारक र जोखिमपूर्ण हुन्छ। […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८, रानीतलाउ क्षेत्रमा सौन्दर्यीकरणका लागि आकर्षक भित्तेचित्रहरू बनाइएका छन्। तर केही व्यक्तिले उक्त स्थानलाई सार्वजनिक शौचालयसरह प्रयोग गरेको देखिएको छ। सार्वजनिक सम्पत्तिको संरक्षण र सभ्य नागरिक व्यवहारका लागि यस्ता गतिविधिमाथि आवश्यक कारबाही हुनुपर्छ। . यस सम्बन्धमा केही जिज्ञासाहरू छन्: १. रानीतलाउ क्षेत्रमा हाल कति वटा सार्वजनिक शौचालय सञ्चालनमा छन्? […]

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

error: Content is protected !!